baglung news

 बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु 

प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा दुइवटा साइकलबाट सहयोग गरेको हो नगरपालिका भित्रका अपराध रोक्न प्रहरीले शुरु गरेको दुइमहिनामा बागलुङको ट्राफिक प्रहरीले पनि साइकल गस्ती शुरु गरेको छ । अव्यवस्थित पार्किङ, ट्राफिक नियम उलंघन तथा निर्माण सामाग्रीलाई सडकमा छोड्ने प्रवृत्ति बढेपछि बढेका दुर्घट्ना न्यूनिकरणका लागि साइकल गस्ती शुरु गरिएको जिल्ला ट्राफिक प्रमुख खिमानन्द काफ्लेले बताउनुभयो ।
ट्राफिकले दुइजना जनशक्ति साइकल गस्तीकै लागि खटाएको छ । सवारी साधनको अभावमा दुर्घट्ना भएका स्थानमा हिडेरै पुग्नु पर्ने बाध्यता रहेको थियो । साइकल गस्ती शुरु गरेको एक हप्तामा जिल्लाको ट्राफिक व्यवस्थामा आमुल परिवर्तन ल्याउने ट्राफिक प्रमुख काफ्लेले बताउनुभयो । यात्रु र सवारी चालकले समेत ट्राफिक नियम नमान्दा बजारीक्षेत्रमा धेरै दुर्घट्ना हुने गरेका थिए । गस्ती शुरु भएपछि ट्राफिकले विना लाइसेन्स चलाइएका मोटरसाइकल नियन्त्रणमा लिने, मोडल फेर्नेलाई कारवाही, रातो प्लेटले यात्रु बोक्नेलाइ जरिवाना गर्ने लगायतका काम थालेको छ । प्याब्सन बागलुङले आफ्नो स्थापनाको २१ औ स्थापना दिवशको अवसरमा ट्राफिकलाइ सहयोग गरेको दुइवटा साइकलबाट उक्त गस्ती शुरु भएको हो |
बागलुङले पनि जीप सेवालाई प्रभावकारी बनाउन थाले
बागलुङ पुष २७ । बागलुङ जिल्लाको गाउ गाउमा बसले सहज रुपमा सेवा दिन थालेपछि धौलागीरी अन्चल जिप व्यवसायी सघं बागलुङले पनि जीप सेवालाई प्रभावकारी बनाउन थालेको छ । यात्रुहरु सिधै सदरमुकाम बागलुङ बजारदेखी आपनो गन्तव्यसम्म पुग्न सकिने भएकोमा सन्तुष्टी व्यक्त गर्दै जीपको भाडा सुहांउदो निर्धारण गरिनु पर्ने मागपनि गरिरहेका छन् । सेवा सन्चालन गरेको राम्रो हो तर सर्वसाधारणको ढाडै भांच्ने गरी भाडा असल्नेमात्र लक्ष नलिन उनिहरुको माग रहेको छ ।
यात्रुहरुबाट भनेको समयमा जीप नपाएको र बिचका यात्रुलाई ि जीपमा यात्रा गर्न नदिएको व्यापक जनगुनासो आउन थालेपछि सडक पुगेका अधिकाशं गाउमा जीप ब्यवसायीले नियमित जीप सन्चालन गर्न थालेका छन् ।
सघंले गत पुस ३ गतेबाट लागु हुने गरी बागलुङ बजारबाट बिभिन्न २० गाविसमा यात्रुहरुको चाप अनुसार समय तालिका बनाई जीप सन्चालन गरेको सघंका सचिव बिष्णु अधिकारीले बताए ।
सर्वसुलभ र आरामदायी यात्राका लागि जीप सेवालाई प्रभावकारी बनाउन बागलुङ बजार देखी बुर्तिबाङ भिमगिठे खरबाङ काडेबास हटिया घोडाबाधे कर्लिम ताराखोला कुश्मिशेरा रांखानी धम्जा दुदिलभाटी पाण्डवखानी मल्म रिघा हरिचौर र घुसमेली लगायतका गाविसमा नियमित रुपमा २ देखी १० वटा सम्म जिप नियमित रुपमा सन्चालन गरिएको सचिवले बताए |

संयुक्त दलित उत्थान मन्च र उत्पिडित समुदायको  भेला
बागलुङ पुष २५ । संयुक्त दलित उत्थान मन्च र उत्पिडित समुदायको सन्जाल अमलाचौर बागलुङको संयुक्त एकता भेला आज सम्पन्न भएको छ । भेलाले निसान बिकको अध्यक्षतामा ११ सदस्यीय साजालको गठन गरेको छ । साजालको उपाध्यक्षमा बलराम परियार सचिवमा सुरज परियार कोषाध्यक्षमा रिता गायक र सह सचिवमा गोविन्द नेपाली रहनुभएको छ ।
साजालका सदस्यहरुमा खगेश्वरी परियार रुपा नेपाली इन्द्रकली बिक लेख बहादुर नेपाली जय बहादुर गायक र तेजुराम बिक रहनुभएको छ ।
भेलाले ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा मन बहादुर परियार दिल बहादुर परियार प्रेम बिक कविराज सुनार सुर्य बिक र मन बहादुर नेपाली रहनुभएको छ ।
कार्यक्रममा बोल्दै दलित सशक्तिकरण केन्द्रका सदस्य प्रमिला बिकले सबै दलित एकताबद्ध भए मात्र दलित मुक्ति सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा पृथ्वी उच्च माविका शिक्षक सुरज परियार तेजुराम बिक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम जेष्ठ नागरिक शंखबिर बिकको अध्यक्षता रिता गायकको स्वागत र निसान बिकको साचालनमा सम्पन्न भएको थियो |

No comments:

Post a Comment

games online