जानी राखे राम्रो


जानी राखे राम्रो

मज्जाले सुत्नुहोस् र मोटापा भगाउनुहोस् 


बैज्ञानिकहरु धेरै पहिले देखी भन्दै आईरहेका छन कि राम्रो स्वास्थ्यको लागि ८ घण्टाको निन्द्रा जरुरी छ र यो कुरालाई वजन दिएको छ अमेरिकामा हालै गरिएको एक शोधले । अमेरिकाको ओहियो स्थित केस वेस्टर्न रिजर्व विश्वविद्यालयले लगभग ७० हजार महिलाहरु माथि १६ बर्ष सम्म गरेको परीक्षणले यो पत्ता लागेको छ कि गहिरो निन्द्राले न केवल ब्यक्तीलाई फुर्तिलो राख्दछ, यसले व्यक्तीको वजनमा पनि असर पार्दछ । शोधमा यो पत्ता लागेको छ कि जो महिलाहरु राती ५ घण्टा या त्यो भन्दा काम सुत्छन उनिहरुको शरीरको वजन ७ घण्टा सुत्ने महिलाहरुको तुलनामा १५ किलो सम्म बढ्ने सम्भावना रहन्छ । साथ साथै यो पनि थाहा लागेको छ कि निन्द्राले वजनमा दुरगामी प्रभाब राख्दछ । यो शोधमा भूमिका निभाउने एक बैज्ञानिकको भनाइ छ कि कम सुत्नेहरुको बढ्ने यो औसत वजन हो नत्र धेरै जसो महिलाहरुमा यो भन्दा पनि धेरै वजन बढ्ने सम्भावना रहन्छ ।

..............................................................त्यसैले मिठो निन्द्रा मात्र मज्जाको चिज होइन रहेछ, यो त आफ्नो शरीरलाई स्वस्थ राख्ने एक आवश्यकता पनि हो भनेर भन्नु गलत नहुने भएको छ । त्यसैले अब देखी सुत्नमा कन्जुस्याई नगर्नुहोस् , मज्जाले सुत्नुहोस् र मोटापा भगाउनुहोस् । कि कसो त ???


 एउटा क्षेप्यास्त्र बनाउदा कति खर्च हुदोरहेछ


एउटा रसायन क्षेप्यास्त्र बनाउदा जति खर्च हुन्छ त्यस खर्चबाट अरु कति मानविय भलाईका लागि कार्यहरु गर्न सकिन्छ भन्ने बारेमा शायद हामीलाई कमै मात्र थाहा होला । हामीले सोचे भन्दा बढी कार्यहरु यसबाट गर्न सकिन्छ जस्तै :

@ २१ करोड हेक्टर जमिनमा ब्रिक्षरोपन गर्न सकिन्छ ।
@ ११ लाख हेक्टर जमिनमा सिंचाइ गर्न सकिन्छ ।
@ ६ करोड कुपोषण बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउन सकिन्छ ।
@ १० टन रासायनिक मल किनेर क्रिषकहरुलाई वितरण गर्न सकिन्छ ।
@ १६ हजार स्वास्थ्य केन्द्र खोल्न सकिन्छ ।
@ ३ लाख ४० हजार प्राथमिक बिद्यालय खोल्न सकिन्छ ।
@ १ लाख विश्वविद्यालय बनाउन सकिन्छ ।

यसरी एउटा क्षेप्यास्त्र बनाउदा कति खर्च हुदोरहेछ भन्ने कुरा स्वत: अनुमान लगाउन सकिन्छ




ईन्टरनेट र प्रोनोग्राफी सम्बन्धी आस्चर्यजनक तथ्य




@ इन्टरनेट फिल्टर रिभ्युको सर्वेक्षणअनुसार विश्वमा प्रतिसेकेन्ड ३ हजार डलर भन्दा बढी रकम यस्ता साइटमा खर्च भैरहेको हुन्छ ।
@ १८ वर्षमुनिका व्यक्तिहरूले गुगल सर्च इन्जिनमा खोजी गर्ने शब्द 'सेक्स' र 'पोर्न' सर्वाधिक ५ शब्दभित्र पर्छन् ।
@ ४३ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले अश्लील वेबसाइट हेर्छन् । त्यसमा प्रत्येक तीन जना प्रयोगकर्तामा एक जना महिला हुन्छन् ।
@ अश्लील वेबसाइटमध्ये केवल ३ प्रतिशत साइटले मात्र उमेर सोधेर साईटमा प्रवेश गराउँछन् ।
@ इन्टरनेटबाट डाउनलोड गरिने सामग्रीहरूमध्ये ३५ प्रतिशत अश्लील विषयसँग सम्बन्धित हुन्छन् ।
@ इन्टरनेट प्रयोगकर्ताले एकपटकमा सरदर १५ मिनेट अश्लील साइट हेर्छन् ।
@ इन्टरनेटमा अश्लील साइट हेर्नेहरूमध्ये १० प्रतिशत पोर्नोग्राफीको लतमा फसेका हुन्छन् ।
@ ९० प्रतिशत अश्लील श्रव्यदृश्यको उत्पादन अमेरिकाको स्यान फर्नान्डो भ्यालीमा हुन्छ ।
@ अश्लील चलचित्रका नायिकाहरूले वर्षको १ लाख डलरदेखि २ लाख ५० हजार डलरसम्म आम्दानी गर्छन् भने नायकहरूले वाषिर्क ४० हजार डलर आम्दानी गरिरहेका छन् |



जानी राखे राम्रो ( Amazing but Useless Facts )
@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

games online