पर्बत(कुश्मा) समाचार

www.kushmabajar.blogspot.com

मुलुककै  अग्रणी पहिचान भएको जिल्ला पर्वतमा पर्यटन समिति गठन हुन सकेन 



नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष२०११ को शुरुवात सँगै छिमेकी जिल्ला हरुमा पर्यटन बर्षाई सफल पार्न विभिन्न समितिहरु गठन भइसक्दा पर्वतमा भने उक्त समिति गठन हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी पर्यटन समन्वय समिति गठन गर्न छिमेकी बाग्लुङ र म्याग्दीमा पर्यटन मन्त्रालय मार्फ निर्देशन आएपनि पर्वतमा उक्त कार्यनितिबारे कुनै निर्देशन नआउँदा गठन हुन नसकेको हो । छिमेकी जिल्लाहरुमा आन्तरिक पर्यटन प्रबर्द्धनका लागि पहल थालेपनि मुलुककै अग्रणी पहिचान बोकेका स्थलहरु भएको जिल्ला पर्वतमा पर्यटन समिति गठन हुन सकेको छैन ।
छिमेकी जिल्ला म्याग्दीमा प्रमुख ज्रिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको संयोजकत्वमा पर्यटन समन्वय समिति गठन भई सोही समितिले पर्यटन बर्षो लागि औपचारिक शुरुवातको घोषणा समेत गरेको छ । कुरुम्वाङको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पुष ३० गतेदेखि बेनीमा सुरु हुने सडक खाना महोत्सवको अवसरमा पर्यटन वर्षो औपचारीक सुरुवात गर्ने निर्णय गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाग्लुङमा समेत मन्त्रालयबाट परिपत्र आइसकेको र एक दुइ दिनको अन्तरालमा नै समिति गठन गरिने बाग्लुङका प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले जानकारी दिनुभयो । सोही परिपत्र सँगै मन्त्रालयबाट स्थानीय पर्यटन प्रबर्द्धनका लागि १ लाख रुपैया विनियोजित भएको जानकारी समेत आएको घिमिरेले जानकारी दिनुभयो । समितिमा स्थानीय विकास अधिकारी, उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष, सुरक्षा प्रमुख लगायतका प्रतिनिधिहरु पदाधिकारी रहने व्यवस्था छ ।
मुख जिल्ला अधिकारी बेदबहादुर कार्कीले आफुलाई त्यस सम्बन्धि कुनै जानकारी प्राप्त नभएको बताउनुभयो । उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायहरुले तत् सम्बन्धि आफुलाई जिज्ञासा राखेपनि आफुले कुनै जानकारी नपाएको उनको भनाई थियो । उता उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष होमनारायण श्रेष्ठले संघकै कार्यालयमा सचिवालय रहने गरी छिमेकी जिल्लाहरुमा समिति गठनको प्रक्रिया अगाडि बढेपनि आफुहरुलाई अहिले सम्म कुनै जानकारी प्राप्त नभएको जानकारी दिनुभयो 





घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु
पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोग र चौतर्फी श्रोत विकास मन्चले विगत तीन बर्षदेखि संचालन गरेको उक्त कार्यक्रमले समाजको मुहार फेर्न सफल भएको संस्थाका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए ।
यसैविच सोमवार स्थानीय विकास अधिकारी नरहरी बराल बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनाल पशु सेवा कार्यालयका पशु चिकित्सक रामजी पौडेल संचारकर्मी र संस्थाका प्रतिनिधिहरुले महिलाहरुले गरेको कामको अनुगमन गरेका छन्| अरु पर्बत ताजा खबर .....

जनदबाब कार्यक्रम मंगलबार पर्वतका बिभिन्न स्थानमा सम्पन्न 
पर्वत पुष २७ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेकपा एकीकृतले साचालन गरेको जनदबाब कार्यक्रम मंगलबार पर्वतका बिभिन्न स्थानमा सम्पन्न भएको छ । थप गरिएको समयसिमा भित्र सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको लागि भन्दै मगरात स्वशासित प्रदेशमा अभियान थालेको हेा ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृतका पोलिटव्युरो सदस्य केवी गुरुङ्गले मुलुकलाई तीन ठुला दलले संकटतर्फ धकेलेको बताउनुभयो ।
उहाले संविधान निर्माणलाई बेवास्ता गर्दै सरकार निर्माणमा लागेर सिङ्गो देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य चिरन पुनले आगामी जेठ १४ भित्र आम नेपालीका सम्पुर्ण समस्याहरुलाई सम्वोधन गर्ने खालको संविधान नेपाली जनताले पाउनुपर्ने बताउनुभयो । जनताको जनमत लिएर संविधानसभामा पुगेका ठुला दलका नेताहरु सत्ताका लागि छिमेकी देशको शरण लिन पुगेकोले मुलुक संकट तर्फ धकेलीएको उहाको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य डाचाराज वाग्लेले संविधान सभाको बैठकमा उपस्थितिनै नहुने दलका नेताहरुले सार्थक संविधान बनाउन नसक्ने बताउनुभयो । संविधान नबन्ने निश्चित प्रायः भैरहेकोले देश बचाउन तर्फ दलहरु लाग्नुपर्ने बताउनुभयो ।
सभालाई नेकपा एकीकृतका जिल्ल्ाा अध्यक्ष तेजेन्द्र पौडेलले समेत सम्व्ााेधन गर्नुभएको थियो । जनदबाब कार्यक्रम बडागाउँ प्रगतीचोक लोकतान्त्रिक चोक र शिवालयचोकमा सम्पन्न भएको थियो |अरु पर्बत ताजा खबर .....

 भवन भत्किँदा विद्यालयमा अध्ययनरत १२ जना  घाइते 
 दक्षिण पर्वतको लुंखुदेउराली गाविसको बुद्ध प्राथमिक विद्यालयको चारकोठे भवन भत्किँदा विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थी घाइते भएका छ्न ।
पढाई सन्चालन भइरहेको समयमा सोमबार दिउँसो साढे १२ बजेको समयमा विद्यालयको कक्षा ४ को कोठा भत्किएपछि उक्त कक्षा अध्ययनरत १७ विद्यार्थी मध्ये १२ जना घाइते भएका हुन् ।
घाइते मध्ये युवराज हमाल र अन्जली सेवालाई गम्भिर चोट लागेको छ । उनीहरुको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य १० जना बालबालिका प्राथमिक उपचार पश्चात् घर फर्केको स्थानीय शिक्षक जीवन उचै ठकुरीले जानकारी दिनुभएको छ । अन्य घाइते हुनेमा कक्षा ४ का इन्द्रकुमारी परियार एकबहादुर सुनार इन्दु परियार सुनिल विक सन्दिप क्षेत्री सन्तोष हमाल सुजन परियार र विशाल हमाल रहेका छन् ।
२०४६ सालमा बनेको उक्त विद्यालयको भवन विगत देखिनै जिर्ण बनेपनि आवश्यक आर्थिक स्रोतको अभावमा मर्मत हुन नसकेको र अहिले भत्किएको विद्यालयका शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिनुभयो । विद्यालयमा स्थानीय १ सय १० जना बालिबालिकाले अध्ययन गर्दै आएका छन् |

No comments:

Post a Comment

games online