भुकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको


बागलुङ माघ ३ । १३ औं भुकम्प सुरक्षा दिवस आईतवार नेपालभर बिबिध सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । ‘भुकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौं’ भन्ने नाराका साथ दिवस मनाईएको छ ।
बिक्रम संवत १९९० साल माघ २गते महाभुकम्पले पुर् याएको क्षतिको स्मरण गर्दै भुकम्पको जोखिमबाट बच्ने उपाय सहित सचेतना सम्बन्धि कार्यक्रम गरी हरेक बर्ष भुकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । ९० सालको भुकम्पमा ८ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । झण्डै ७५ बर्षको अन्तरालमा भुकम्प जाने गरेकाले यसको जोखिमलाई कम गर्नु सबैभन्दा ठुलो चुनौति रहेको बिज्ञहरुले बताएका छन् ।
बागलुङ सदरमुकाममा पनि १३ औं भुकम्प सुरक्षा दिवस मनाईएको छ । यस अवसरमा आयोजित कार्यक्रममा बोल्दै बागलुङमा भवन निर्माण आचार संहिता अनुसार घर निर्माण नगरिदा भुकम्पीय जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नगरबासीले नगरपालिका र प्राविधिक सगँ सम्र्पक र समन्वयको आवश्यकता महुशुस नगर्ने र नगरपालिकालेपनि भवन निर्माणको स्वीकृति दिने तर स्वीकृत मापदण्ड अनुसार भवनहरु निर्माण भैरहेका छन वा छैनन् अनुगमन नगर्ने हेलचक्राईंलॆ जथाभावी घरहरु निर्माण भएकाले भूकम्पीय जोखिम बढेको वक्ताहरुको भनाई थियो ।
आचार संहिता अनुसार घर तथा भवन बनाउदा पिलरको गहिराई ६ फिट चौडाई ४/४ फिट हुनुपर्ने ५० फिट वा ५ तला भन्दा अग्लो बनाउन नपाइने पिलरको साइज ९/१२ बनाउने मोटो चुरी सहितको रड राख्नु पर्छ । भवन निर्माणको निश्चित आचार संहिता भएपनि आवश्यक जानकारी र ठेक्कावालाका कारण प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन नसकिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले स्वीकारेका छन् ।
सोही कार्यक्रममा बोल्दै शहरी बिकास तथा भवन निर्माण कार्यालय बागलुङका प्रमुख कुमार घिमिरेले बागलुङ बजारका अधिकाशं घरहरु हतारमा बनाइने भएकाले भुकम्पीय दृष्टिकोणले असुरक्षित देखिएको बताए । प्राविधिकको कमी र भएका प्राविधिकंसग समन्वय नगर्ने र जानकारी नलिने प्रचलनले जानी नजानी घरधनीहरुले भुकम्पीय जोखिम निम्ताइरहेको उनको चिन्ता थियो ।
तर यी प्राविधिकहरुले बताए जस्तो बागलुङ बजारमा मापदण्ड बिपरीत घर निर्माण हुनुमा घरधनीहरु र ठेक्कावालको मात्र दोष छैन । नगरपालिकाको मागदण्ड पुरा गरेर मात्र घरहरु निर्माण गर्नुपर्ने कानूनी प्रावधान छ । तैपनि कसरी मापदण्ड बिपरीत घर भवनहरु निर्माण भैरहेका छन ? प्रश्न यो छ ।

No comments:

Post a Comment

games online