म्याग्दी(बेनी समाचार)

बावियाचौर गाविसको एक साता देखि सडक अबरुद्ध 

म्याग्दी बेनी २७ पुस
जिल्लाको पश्चिम भेग जोड्ने बेनी-दरवाङ सडक खण्डमा पर्ने बावियाचौर गाविसको रनबाङ देखि माथिको सडक मर्मत गर्न लागिएकाले विगत एक साता देखि सडक अबरुद्ध भएको छ ।
जिल्ला विकास समिति म्याग्दी अन्तरगत रहेको विकेन्द्रीकृत ग्रामिण पुर्वाधार विकास कार्यक्रम -ड्रिलिप) ले सडकको स्तरोन्ती गर्न लागेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुदा पश्चिम भेगका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको छ ।
समयमै सडक मर्मत गर्न नसक्दा खाद्यन्नका साथै मुल्यमा बृद्धि भएको स्थानिय बासिन्दाले बताएका छन् । छिटै सडक सुचारु नभएमा समस्या हुने भएकाले यस तर्फध्यान दिन ब्यापारीले आग्रह गरेका छन् । पश्चिम म्याग्दीका साथै बाग्लुङका केही गाविसमा दरवाङबाट सामान निर्यात हुने गरेकोले सडक सञ्चालन नहुदा ग्रामीण भेगमा खाद्य संकट पर्न सक्ने बताईएको छ| बाँकि समाचार

दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक 

म्याग्दी, पुष २६ गते
पाँप धुरीबाट कराउँछ भने जस्तै २०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारालाई प्रहरीले र्सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा ९ बर्षी सपना नेपाली र उनकी साथी १० बषियाँ गंगा नेपालीलाई सोही गाउँका कृष्णबहादुर दमाईले जंगलका रहेका ढुङगा खानीमा बलात्कार पछि हत्या गरेको खुल्न आएको छ । घटना भएको लामो समयपछि प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरिएको बताइएको छ ।पत्रकार सम्मेलनमा प्रहृरीले घटना पश्चात अनुन्धानका क्रममा आफ्नो तर्फाबाट केही कमजोरी भएको समेत स्वीकारेको छ । घटनापछि अनुसन्धानका क्रममा भएका स्थलगत अध्ययन समेत बारेमा प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताए । भट्टले भने,’ समयमै अपराधिलाई नियन्त्रणमा लिन नसक्नुमा प्रहरीको केही कमजोरी देखिएको छ ।’ घटनापछि दमाईले गरेका गतिविधिले पेसेवर अपराधी जस्तो देखाउँछ
 दमाईले प्रयोग गरेका कपडा,गतिविधि र अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरेको देखाएको छ ।यसैविच अनुसन्धानका क्रममा दमाई पेशेवर अपराधी भएको समेत खुलेको छ । उनले आफ्नै आमालाई जवरजस्तीको प्रयासका साथै भारतमा समेत विभिन्न अपराधका घटनामा संलग्न भएको प्रहरी निरिक्षक महेन्द्र विकले बताए । उनले भने,’ क़केन्द्रबाट प्राप्त गरेको परिक्षण अनुसार बालिकाको हत्यापछि पनि बलात्कार गरेको देखाउँछ ।’

नेपालको कानुनमा जवरजस्ती करणी मुलुकी ऐन २०२० को महल अनुसार १० देखि १४ बर्षो उमेका बालिकालाई जवरजस्ती गर्नेलाई ८ देखि १२ बर्षम्म कैद हुने प्राबधान रहेको छ     बाँकि समाचार

No comments:

Post a Comment

games online