खगेन्द्र थापा मगरले दिपाश्री निरौलालाई विवाह प्रस्ताब राखे

विश्वकै होचा व्यक्ती बाग्लुङ्गका खगेन्द्र थापा मगरले नेपाली हाँस्य विधाकी चर्चित कलाकार दिपाश्री निरौलालाई विवाह प्रस्ताब राखेका छन् । बुधवार म्याग्दी समाज दक्षिण कोरियाको आयोजनामा सांस्कृतिक कार्यक्रममा भाग लिन खगेन्द्र थापामगर र दीपाश्री निरौला सिउल आइपुगेका थिए ।
जिल्ला अस्पताल म्याग्दीलाई सहयोग गर्नको लागि दक्षिण कोरीयामा रहेका म्याग्देलीहरुको समूह म्याग्दी समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रममा थापाले आफु सँग बिहे गर्ने प्रस्ताव राखेका हुन् ।
साँस्कृतिक कार्यक्रमको उद्घाटनको क्रममा नेपालको राष्ट्रिय झण्डा बोकेर मञ्चमा पुगेका खगेन्द्रलाई उचाल्न पुगेकी निरौलालाई ‘आइ लभ यु’ भन्दै गालामा चुम्मा खाए र बिहे प्रस्ताव राखेको म्याग्दी समाज दक्षिण कोरियाका अध्यक्ष नरबहादुर पुनले बताए ।

No comments:

Post a Comment

games online