तपाईंले पनि कहिले काही बिचार गर्नु भएको होला, तपाईंले कसैलाई (कुनै अफिस वा कम्पनी) हरुमा ईमेल पठाउदा आफुले ईमेल पठाउने बित्तिकै जवाफ आई सकेको हुन्छ ... । के तपाईं पनि यस्तो गर्न चाहनु हुन्छ ? कि कसैले तपाईं ईमेल गर्ने बित्तिकै तपाईंको ईमेल अकाउन्ट बाट अटोमेटिकल्ली तपाईंले चाहेको reply जाओस ?? अथवा यो यस्तो बेलामा पनि काम लाग्छ जती बेला तपाईं Vacation (छुट्टी) मा हुनुहुन्छ र कम्प्युटर बाट टाढा हुनुहुन्छ र कसैले तपाईंलाई ईमेल गर्योल भने आफ्नो तर्फबाट ईमेल पठाउने मान्छेलाई जवाफ अटोमेटिकल्ली जाओस ताकी त्यो मान्छेलाई तपाईंको बारे जानकारी होस् । यहाँ यही बारे केही जानकारी दिन गईरहेको छु ।
यो सुबिधा तपाईंले Gmail र Yahoo दुबैमा प्रयोग गर्न सक्नु हुनेछ ।
Gmail मा
१) आफ्नो जिमेल अकाउन्ट login गर्नुहोस् ।
२) अब तल दिईएको चित्रमा देखिए जस्तै Settings मा क्लिक गर्नुहोस् ।
३) खुलेको पेजमा तल स्क्रोल गर्दै जानुहोस् त्यहाँ Vacation responder भन्ने खोज्नुहोस् ।
४) त्यहा Vacation responder on मा tick लगाउनुहोस् र तल date छान्नुहोस् कहिले देखी कहिले सम्म ईमेल auto जाओस भनेर ।
५) message बक्समा message टाईप गर्नुहोस् । त्यहा टाईप गरिएको message नै अटोमेट्टिकल्ली जाने हो ।
६) र अन्तिममा save settings tab मा क्लिक गर्नुहोस् ।
Yahoo मेलमा
१) yahoo मेल login गर्नुहोस् ।
२) पेजको दाँया तिर तल चित्रमा देखिए जस्तो option मा क्लिक गरेर more option मा क्लिक गर्नुहोस् ।
३) नयाँ पेज खुल्नेछ त्यहा बाँया तिर Vacation response option मा क्लिक गर्नुहोस् ।
४) त्यहा तल चित्रमा देखिए जस्तै बिकल्प देखिनेछ, Enable auto response during your vacation मा क्लिक लगाइदिनुहोस्, Date setting गर्नुहोस् र तलको खाली बक्समा send गर्नु पर्ने message टाईप गर्नुहोस् ।
५) अन्तिममा save changes बटनमा क्लिक गर्नुहोस् ।
Enjoy !!!
No comments:
Post a Comment