काठको कच्ची मोटरेबल पुल जीर्ण हुँदा दुर्घटना बढ्दै

पर्वत माघ १५ । पर्वत जिल्लाको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा-बेनी सडकमा पर्ने पर्वतको नाग्लीवाङ वडा न ९ फसे्र स्थित काठको कच्ची मोटरेबल पुल जीर्ण हुँदा दुर्घटना बढ्दै गएका छन् । सडक कालोपत्रे गर्न थालिएपनि कच्चीपुलमा बढीभार भएका मालबहाक ट्रकहरु चलाउँदा दुर्घटना भैरहेको छ ।पुल मर्मत समेत नगरिएकाले दिनमा दुई÷चार वटा दुर्घटना हुँदै आएको स्थानियबासी बिकास जिसीले बताउनुभयो । पर्वतको मालढुंगादेखि बेनीसम्मको सडकमा तीन ठाउमा काठको पुलबाट बर्षौदेखि सवारीसाधन आवतजावत हुदै आएका छन् ।
फल्याक राखेर निर्माण गरिएको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

शालघारीको माटो विक्री गरेर आफ्नो आम्दानीको गतीलो श्रोत

म्याग्दी माघ १५ । आम्दानीको श्रोत के भन्दा सवैलाई लाग्न सक्छ उद्योग ब्यापार या त कुनै घरजग्गाको कारोवार । तर म्याग्दीको रत्नेचौर गाविस २ मा पर्ने शालघारी गाउमा बसोबास गर्ने विपन्न दलित समुदायले भने यी कुनै काम नगरी माटो विक्री गरेर आफ्नो आम्दानीको  गतीलो श्रोत  बनाएका छन् ।
सालघारीमा रहेको रातोमाटोलाई त्यहाका बासिन्दाले आफ्नो प्रमुख आयस्रोत बनाएका हुन् । शालघारीमा बसोबास गर्ने १५ परिवार विपन्न घर पोत्नका लागि प्रयोग हुने रातोमाटो निकालि गाउगाउमा पुर् याएर विकि्र गरी आफ्नो दैनिक गुजारा चलाउने गरेका छन् ।
घरनजिकै रहेको रातोमाटो निकाल्ने र म्याग्दी बागलुङ तथा पर्वतको विभिन्न्ा ठाउँमा लगि बिक्री गरी भएको आम्दानीले जिविकोपार्जन गर्दै आएको स्थानिय पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अनेरास्ववियू कमिटि गठन

म्याग्दी माघ १५ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा आफ्नो प्रारम्भिक कमिटि गठन गरेको छ । कक्षा १२ को व्यवस्थापन संकायमा सन्दीप थापाको अध्यक्षतामा ४२ सदस्यीय प्राक गठन गरेको अनेरास्ववियुका जिल्ला सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस सदस्य तेजेन्द्र बानियाँले बताएका छन् । प्राकको उपाध्यक्षमा महेन्द्र चोखाल सचिव सजनी मल्ल सहसचिव सन्तोष पुन र कोषाध्यक्षमा रमेश कार्की रहेका छन् । 
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा स्ववियु सभापति भीमबहादुर क्षत्री अनेरास्ववियुका जिल्ला अध्यक्ष भगवान चोखाल तेजेन्द्र बानियाँ सरोज सिके पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online