बागलुङ माघ १६ । नेपाल आदीबासी जनजाति पत्रकार सघं अनिज जिल्ला तदर्थ समिति बागलुङले आगामी फागुन ७ गते हुने नेपाल पत्रकार महासघं बागलुङको अधिबेशनमा जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी प्रतिनिधित्व गराउन पत्रकार सम्बद्ध सघं संगठनलाई आग्रह गरेको छ ।
सघंका जिल्ला संयोजक दिल शिरिषको अध्यक्षतामा शनिबार बसेको प्रथम बैठकले महासघंको बिधानमा उल्लेख भए बमोजिम जिल्लामा कि्रयाशिल जनजाति पत्रकारहरुलाई यथोचित रुपमा प्रतिनिधित्व गराउन आग्रह गरेको हो ।
बैठकले जिल्ला स्थित जनजाति बिभिन्न साचार माध्यममा कार्यरत पत्रकार सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुसँग परिचय गरी आपसी सद्भावको विकास गर्ने उद्धेश्यले यही माघ २० गते परिचयात्मक तथा भेटघाट कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।
No comments:
Post a Comment