पर्वत माघ १६ । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न भएको छ । राम्रो सहकारीका लागि हाम्रो सहकारी भन्ने मुल नाराका साथ विगत एक वर्ष अघि संचालनमा आएकोसहकारीले एक वर्षको अवधिमा एक लाख ५ हजार नाफा कमाउन सफल भएको छ । सहकारीले १६ लाख ७१ हजार कर्जा लगानी गरेको छ भने १० लाख ९० हजार शेयर रकम रहेको छ । सो सहकारीमा ३० महिला र ७९ पुरुष गरी १ सय ९ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले सहकारीको उचित व्यवस्थापन एवं संचालन गर्न सके राम्रो मुनाफा कमाउन सकिने बताउनुभयो । शेयर सदस्यहरुको जागरुकताले मात्र सहकारी फस्टाउन र विकसित हुने भन्दै आर्थिक पारदर्शी प्रम्ाुख विषय हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रसेवक ऋण तथा सहकारी संस्थाका अध्यक्ष बाबुराम सुवेदी व्राम्हण समाजका गाउँ अध्यक्ष चुडामणी शर्मा बाल क्लवका प्रदीप पौडेल लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मीकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिवप्रसाद शर्मा र संचालन रामकृष्ण शर्माले गर्नुभएको थियो ।

No comments:
Post a Comment