पर्वतको सुदुर दक्षिणका दुई गाविसहरुम्ाा गाँउ परिषद सम्पन्न

 पर्वतको सुदुर दक्षिणका दुई गाविसहरुम्ाा गाँउ परिषद सम्पन्न भएका छन् । लँुखुदेउराली र पाखापानी गाविसको ०६७। ०६८र ०६८।६९ निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 
स्थानिय विकास अधिकारी नरहरी वरालले गाविसको विकासका लागि राजनीति दलको आपसी सहमति कायम भएमा गाँउको विकास गर्न सहज हुने र पर्यटन विकास गर्नका पूर्वाधार विकास गर्न आग्रह गर्नु भएको छ ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजु पौडेलले गाँउको विकासका लागि राजनैतिक पूर्वग्रही नभएर दलहरु आपसी सहमतिमा विकासमा सहभागि हुन आग्रह गर्न भएको थियो । लुँखुमा रहेका पैयूकोट धुवाकोट फलामखानी चिसापानीको विकासका लागि पूर्वाधार तयार गर्न सकेमा पर्यटकलाई तान्न सकिने भन्दै होम स्टेको लागि आवश्यक पूर्वाधार तयार गर्नु पर्नेमा उहाको जोड थियो ।
गाविस सचिव कुलप्रसाद लामिछानेले लुखुदेउराली गाविसको ०६७।०६८ का लागि कुल अनुमानित ४६ लाख ८६ हजार ५ सय बजेट तथा ०६८।०६९ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा लुँखुदेउराली गाविसमा रहेका ८० बर्ष पुरा गरेका ५२ जना वृद्ध वृद्धालाई दोसल्ल ओढाएर सम्मान गरिएको थियो ।
लुँखु देउराली गाविसले प्राथमिकता निर्धारिण माग गरी गरिएका २० वटा योजना तथा कार्यक्रम स्थानीय विकास अधिकारी नरहरी वराल सँग राजनैतिक दलका प्रमुखहरुले माग गरेका थिए । सोही क्रममा पैयुधुवाकोट रेडक्रस उपशाखाले गाँउका विपन्न र असहायहरुलाई २० हजार रुपैयाको लत्ताकपडा प्रदान गरेको थियो 

No comments:

Post a Comment

games online