पर्वतको आर्थर डाँडाखर्कका गुणस्तरीय शिक्षाको खोजिमा

 गाउँमा आधुनिक गुणस्तरीय शिक्षा प्रभावकारी नभएपछि शहरिकरणले तिब्रता पाएको छ । पर्वतको आर्थर डाँडाखर्क गाविसका ७ सय ५० घरधुरी मध्ये झण्डै ३ सय घरधुरी गुणस्तरीय शिक्षाको खोजिमा शहरकेन्द्रीत बनेका छन् । आफ्नो बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यका साथ विस्तारै गाउँ छाड्ने क्रम बढ्दै गएपछि िसंगो गाउँ नै शून्यतामा परिणत हुन थालेको छ ।
गाउँमा बढ्दो बेरोजगारी सँगै युवा पुस्ताहरु बैदेशिक रोजगारको खोजीमा गाउँबाट पलायन हुँदै गएपछि आफ्नो परिवारलाई विस्तारै गाउँबाट शहरतर्फ तान्ने गरेका छ्न । स्थानीय युवाहरु बैदेशिक रोजगारबाट कमाएको पैसाले बजारमा नै बसाईसराई गरेर बस्ने गरेका छन् ।
गुरुङ जातीको बाहुल्यता रहेको यस गाउँका युवाहरु प्राय जस्तो विकसित मुलुक हंङकङ बेलायत अमेरिका तथा अन्य युरोपियन मुलमा रोजगारका लागि पुगेका छन् । कतिपयले लामो समयको बैदेशिक रोजगारी सँगै अन्य परिवार समेत सोही मुलुकमा भित्राएका छन् ।
उता गाउँमा विकास निर्माणका कार्यहरुले समेत तदारुकता पाउन नसकेपछि गाउँ छाड्नेको संख्या बढ्दै गएको हो । यस गाउँबाट करिव २ सय घरपरिवार बसाई सरेर पोखरामा बसोबास गरेका छन् भने अन्य काठमाण्डौ कुश्मा लगायतका बजारहरुमा बसाई रहेका छन् । यसरी बसाई सरेपछि गाउँको झण्डै ५० प्रतिशत उर्बरा भूमि चउरको रुपमा परिणत भएको छ ।
पोखरामा बसाई सरेर गएका आर्थरडाँडाखर्कबासीहरुले सामुहिक रुपमा संगठित बनी पाचकोशी समाज गठन गरेका छन् । पछिल्लो समयमा गाउँ छाडेर बसाई सरेकाहरुले गाउँ प्रति ममता दर्शाउन थालेका छन् । उनीहरुले गाउँको विकास निर्माणका कार्यहरुमा सक्दो सहयोग गर्दै आएका छन् ।
गाउँमा विकास निर्माणका कार्यहरु विद्युतिकरण सडक लगायतका सेवा सुविधाहरु विस्तारै थपिँदै गएपछि उनीहरुको गाउँ प्रतिको चासो बढ्दै गएको हो । विकास निर्माण सँगै पर्यटनको सम्भावना समेत थपिँदै गएपछि भावी पिडिहरु गाउँ फर्कने आशामा रहेको स्थानीय बृद्ध बुद्धिबहादुर गुरुङले बताउनुभयो ।

No comments:

Post a Comment

games online