एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुका मातहतका निकायलाई आन्तरिक सर्कुलर पठाउने बिषयमा बिबाद भएपछि अध्यक्ष माधव ढुंगेल र उपाध्यक्ष नविना लामाको समूहवीच कुटाकुट भएको छ । सर्कुलरमा आधिकारीक आफ्ना एजेण्डा नपरेको भन्दै उपाध्यक्ष लामाको समूहले बिरोध जनाएपछि सुरुभएको बिबाद झडपसम्म पुगेको बताइएको छ ।
सामान्य बिबादमा पनि अध्यक्ष ढुंगेलको समुहले उपाध्यक्ष नविनालाई हेल्मेटले हानेको लामापक्षको भनाई छ । ढुंगेलपक्षले भने सामान्य बिबाद भएपनि कुटाकुट नभएको बताएको छ ।
अध्यक्ष ढुंगेल प्रधानमन्त्री माधवकुमार नेपाल र नेता ओलीपक्ष मानिन्छन भने उपाध्यक्ष लामा पार्टी अध्यक्ष खनाल पक्षधर हुन् । यसअघि पनि अखिलका दुई पक्षवीच वैठकस्थलमै कुटाकुट हुँदा कैयौं पदाधिकारी अस्पताल भर्ना हुनुपरेको थियो
No comments:
Post a Comment