बागलुङ माघ १५ । धौलागिरी (महेन्द्र) बहुमखी क्याम्पस बागलुङको वार्षिक उत्सव मनाउने विषयमा क्याम्पस प्रशासन र स्ववियुले एकलौटी निर्णय गरेको भन्दै बागलुङमा कि्याशील ५ विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन् । बागलुङमा कि्रयाशील अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल छैठौँ, अखिल एकिकृत र अनेरास्ववियु पाँचौले आज संयुक्त विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन् ।
अनेरास्ववियु धौलागिरी बहुमुखी क्याम्पस बागलुङका अध्यक्ष सुमन बोहोरा, अखिल क्रान्तिकारीका ईकाई अध्यक्ष होमनाथ चालिसे, अखिल छैठौका ईन्चार्ज भिमलाल पोखरेल, अखिल एकिकृतका जिल्ल संयोजक विजय थापा र अनेरास्ववियु पाँचौका जिल्ला अध्यक्ष नेत्रबहादुर क्षेत्रीव्दारा हस्ताक्षर गरी आज प्रकाशित विज्ञप्तीमा क्याम्पस प्रशासन र स्ववियुले एकलौटी निर्णय गरेर अन्य विद्यार्थी संगठनलाई साक्षी मात्र बनाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको उल्लेख गरिएको छ ।
साथै उनीहरुले स्ववियु र क्याम्पस प्रशासनको एकलौटी निर्णयबाट वार्षिक उत्सवको नाममा बिद्यार्थीहरु जनहीबाट उठाएको रु ९०। अङ्ग्रेजी विषयको नाममा उठाएको ५० र विद्यार्थी कल्याण कोषको नाममा उठाएको रकम तुरुन्त फिर्ता गर्न माग गर्दै सहमतीय आधारमा काम गर्न आग्रह गरिएको छ ।
आजकै दिनबाट क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको जानकारी गराउँदै माग पुरा नभएसम्म आन्दोलनमा समर्थन गरिदिन विद्यार्थीहरुमा आग्रह समेत विज्ञप्ती मार्फत गरिएको छ ।
भाषा शर्मा / धौलाश्री
No comments:
Post a Comment