म्याग्दी माघ १६ । पश्चिम म्याग्दीको गुरुङगाउ थामडाँडामा होमस्टेको अबधारणा अनुसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि होमस्टेको विकासका लागि अध्ययन भएको छ । शनिबार थामडाँडामा व्यवसायीक एवं एकीकृत खेतीपाती जीवीको पार्जनको आधार थामडाँडालाइ पर्यटकीय क्षेत्रको रुपमा विस्तार भन्ने मुल नाराका साथ आयोजना गरीएको पर्यटकीय क्षेत्रको सम्भाव्यता विषयक अन्तरक्रीया कार्यक्रममा उक्त कुरा बताईएको हो ।
स्थानीय उत्पादनको प्रयोग र स्थानीय स्तरका उत्पादनले पाहुनालाई सत्कार गर्न सक्ने किसिमको गाउको रुपमा थामडाँडालाई चिनाउने प्रयासको लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गाउलेहरुलेनै पर्यटकलाई आकर्षित गर्नको लागि अवधारणाहरु ल्याएमा आफुले सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाले थामडाँडालाई पर्यटकीय गाउको रुपमा विस्तार गर्नको लागि पनि आवस्यक धेरै पुर्वाधार रहेको बताउदै गुरुङ्गहरुको ठूलो बस्ती रहेको िसंगा गाविसको वडानम्बर १ र २ मा पर्ने उक्त गाउ जातीयताको रुपमा पनि पर्यटकीय स्थल बन्न सक्ने बताए ।
अन्तरकि्रया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ दिपक गुरुङ थामडाँडा सामुदायिक बनका अध्यक्ष भीम थापा तमुसेवा समाज म्याग्दीका अध्यक्ष देव घले गजेन्द्र गुरुङ्ग नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष घनश्याम खड्का धौलागिरि पर्यटन विकास परिषदका अध्यक्ष अमर बानियाँ जिल्ला स्वास्थ्य कार्यालयका भीम आचार्य लागायतले मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय म्याग्दीका बरिष्ठ कृषि विकास अधिकृत महेश आचार्य जिल्ला जनजाती समन्वय परिषदका मुक्ती रोका उद्योग बाणिज्य संघ म्याग्दीका सूर्यप्रसाद मसा्रनी राजनैतिक दलका तर्फ बाट एमाओवादीका प्रेम गिरी लगाएतले मन्तव्य राखेको थामडाँडाका दिनेश गुरुङले बताउनुभयो
No comments:
Post a Comment