म्याग्दी राखु पिप्ले की केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको गुनासो

म्याग्दी माघ १७ गते । एक महिना अगाडी लाखौ रुपियाँ नगद लिएर फरार भएकी म्याग्दी राखु पिप्ले गाविसकी केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको भन्दै पीडितले गुनासो गरेका छन् । पिप्ले गाविस ३ गैरीगाउँकी २९ वर्षिया जिसीको खोजी गरिदिन जाहेरी दिएपछि प्रहरीले बेवास्ता गरेकाले उनी वेपत्ता हुनुमा प्रहरीकै संलग्नता भएको पीडितहरुले आरोप लगाएका छन् ।घर र छिमेकीको दशलाख रुपियाँ नगद र पाँच तोला सुन लिएर पुषको २ गतेदेखि परिवारको सम्पर्कमा नरहेकी जिसीको खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएपनि प्रहरीको तर्फबाट बेवास्ता भएको उनका श्रीमान क्षेत्रबहादुर जिसीले आरोप लगाएका छन् ।
घरमा श्रीमती हराएको खवर पाएपछि कुवेतमा रहेका श्रीमान क्षेत्रबहादुर माघ पहिलोहप्ता घर फर्केका थिए । घारा माईत भएकी केसरकुमारीसँग क्षेत्रबहादुरले १५ वर्षअघि बिवाह गरेका थिए । जिसी दम्पतीका दुई छोरा र दुई छोरी छन् । ‘भारतमा १२ र कुवेतमा तीन वर्षमा कमाई गरेको सबै सम्पती श्रीमतीले लिएर फरार भई’ क्षेत्रबहादुरले भनॆ- ‘विदेशमा पसिना बगाएर कमाएको पैसा घरमा आउदा त पैसा पनि छैन श्रीमती पनि छैन ।’ पीडित क्षेत्रबहादुरले संचारकमी सँग आशु झार्दै भने- ‘श्रीमती त गइ गई वर्षौ देखी दुखले कमाएको धनपैसा पनि गयो कसरी वालवच्चा पाल्ने ?’
‘बिदेशमा दुख गरेर वर्षौदेखि कमाएको धन सम्पत्ती लिएर श्रीमती वेपत्ता भई’ ४२ वर्षिय जिसीले आईतबार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि भनॆ- ‘बुढेशकालमा न श्रीमती न सम्पती साथमा भयो न्याय माग्न जाने ठाउँ प्रहरीलेनै बेवास्ता गरेपछि कहाँ जाने ?’
प्रहरीले विभिन्न बाहनामा पछि आउनुहोस भनर टार्ने गरेको महिला अधिकार कर्मी देवी राईले बताईन् । प्रहरीको पनि यसमा मिलेमतो भएको हुनसक्छ राईले कथन थियो । पीडितलाई न्याय दिनुका साटो दुख दिने काम भएको छ ।



No comments:

Post a Comment

games online