नेकपा एकीकृत बागलुङको एरिया भेला बुर्तिबाङमा सम्पन्न

बागलुङ माघ १७ । नेकपा एकीकृत बागलुङको यही माघ २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारी स्वरुप इलाका नम्बर १ को एरिया भेला आइतवार बुर्तिबाङमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृतका केन्द्रीय सदस्य तथा मगराँत स्वशासित प्रदेश इन्चार्ज चिरन पुनले नयाँ जनवादी व्यवस्था स्थापनाको निम्ति नेपालमा जनवादी क्रान्ति अनिवार्य रहेको र त्यसको स्वरुप सशस्त्र हुने बताउनुभयो । मगराँत स्वशासित प्रदेशका सदस्य निलबहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भेलाले प्रज्ज्वलन सचिव र गोकुल अर्गेजा उपसचिव रहेको इलाका नम्बर १ को एरिया समिति बुर्तिबाङ गठन गरेको छ ।
समितिका सदस्यहरुमा थमबहादुर अर्गेजा बीरबहादुर विक भविन्द्र विक सुरेन्द्र विक कृष्ण घर्ती नरेन्द्र घर्ती हेमप्रसाद भुषाल देवबहादुर घर्ती भूमिराज पुन लालबहादुर कुमाल कुमारी पुन जीतबहादुर घर्ती्र र थमबहादुर छन्त्याल रहनु भएको छ । समितिका सल्लाहकारहरुमा अमरजंग पुन जीतबहादुर पुन र रीमा छन्त्याल रहनु भएको छ ।

No comments:

Post a Comment

games online