नारायण उच्च मावि पर्वतमा व्यवस्थापन समिति निर्विरोध निर्वाचित

पर्वत माघ ९  । नारायण उच्च मावि कुश्मा पर्वतमा शनिवार भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति निर्विरोध निर्वाचित गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्मा र सदस्यहरुमा केदारनाथ शर्मा राजेन्द्र केसी महिला सदस्यमा सिता केसी र सदस्य सचिव बसन्तबहादुर सिके रहनुभएको छ ।
सो भेलाले ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको संयोजकमा कमलकान्त पौडेल र सदस्यहरुमा सुनिसा खत्री गंगा कुमारी शर्मा दुर्गावहादुर वस्याल बुद्धिश्री नेपाली मनिषा सार्की गुरुप्रसाद उपाध्याय हममाया पुन लिलाधर तिवारी र पदेन सदस्य बसन्तवहादुर सिके र रमाकान्त शर्मा रहनुभएको छ ।

No comments:

Post a Comment

games online