नेकपा एकीकृत पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न

पर्वत माघ ९  । नेकपा एकीकृत जिल्ला कमिटी पर्वतको सातौ जिल्ला अधिवेशन शनिवार सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सचिवमा पुन तेजेन्द्र पौडेललाई सचिवमा निर्बिरोध चयन गरेको छ । त्यस्तै उपसचिवमा नारायण पुरी सचिवालय सदस्यहरुमा खड्कबहादुर पुन कृष्णबहादुर क्षेत्री इन्द्र गुरुङ्गलाई रहनुभएको छ ।
पर्वत जिल्ला कमिटि सदस्यहरुमा गोपाल पौडेल अगनबहादुर बिक पवन शर्मा गणेश कुँवरलाई चयन गरेको छ । बैकल्पिक सदस्यहरुमा लालबहादुर क्षेत्री कृष्णबहादुर कुँवर र रमादेवी पोख्रेल रहनुभएको छ । अधिवशेनले जिल्ला सल्लाहाकारमा तुलसी गिरी टुकनाथ पौडेल पदमबहादुर कुँवर तमवहादुर नेपाली र लोकनाथ शर्मालाई चयन गरेको छ ।
अधिवेशन उद्घाटनका अवसरमा नेकपा एकीकृतका केन्द्रीय सदस्य तथा मगरात इन्चार्ज चिरन पुन सल्लाहाकार टुकनाथ पौडेल कृष्णवहादुर क्षेत्री खड्कवहादुर पुन अगनबहादुर विक र महिला सदस्य पवन शर्मा लगायतले बोल्नुभएको थियो ।
जिल्ला सचिव तेजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत इन्द्र गुरुङ्ग र संचालन नारायण पुरीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

games online