पर्वत माघ १७ । बाँकी रहेको समय सिमा भित्र संविधान निर्माणका लागि दलहरुलाई खवरदारी गर्न नागरिक आन्दोलन आवश्यक रहेको पर्वतका नागरिक समाजका प्रतिनिधिहरुले बताएका छन् । नागरिक समाजको क्षेत्रमा कि्रयाशील पर्वतका विभिन्न तीन संस्थाहरुले आयोजना गरेको थपिएको समयमा सार्थक संविधान निर्माणका लागि गरेको जनदबाब अभियान कार्यक्रमका सहभागिहरुले आगामी जेठ १४ भित्रे संविधान नबन्ने निश्चित प्राय भएकोमा दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल बार एशोसिएसन र गैरसरकारी संस्था महासंघले संयुक्त आयोजना गरेको अभियानमा र् याली तथा प्रबचन कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले निर्धारित समयमा संविधान निर्माण हुने आशा विस्तारै हराएको भन्दै ६ सय १ सभासद्लाई संविधान सभाभित्र ताला लगाएर थुन्नुपर्ने चेतावनी दिएका छन् । उनीहरुले राजनीतिक दलहरुलाई खबरदारी गर्दै जनतालाई विधाता बनाउने संविधान निर्माणको काममा नलागेमा मुलुकमा जेठ १४ पछि अराजकताले प्रश्रय पाउन सक्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति लालकाजी गुरुङ नेकपा एमाले पर्वतका सचिवालय सदस्य उदयराज सुवेदी कानुन व्यावसायी चन्द्रबहादुर क्षेत्री विश्वप्रसाद प्रसाई गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोविन्द पहाडी क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष कमला केसी प्रेस यूनियनका अध्यक्ष छविलाल तिवारी लगायतले बोल्नुभएको थियो । बार एशोसिएन पर्वतका अध्यक्ष भोलानाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment