शहिद स्मारक आवसीय माविले शहीदको सम्झनामा स्मृति कार्यक्रम

पर्वत माघ १७ । शहीद दिवसको अवसर पारेर सरोकारवाला राजनीतिक दल तथा अन्य प्रशासनिक निकाय मौन रहिरहँदा पर्वतमा एक निजी विद्यालयले शहीदको सम्झनामा कार्यक्रम आयोजना गरी मनाएको छ । सदरमुकाम कुश्माबजारमा रहेको शहिद स्मारक आवसीय माविले शहीदको सम्झनामा स्मृति कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रमका अवसरमा पर्वत आएका पूर्व गृह सचिव एवं नेपाल नागरिक समाजका केन्द्रीय अध्यक्ष खेमराज रेग्मीले गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै रेग्मीले संविधान निर्माणका लागि पठाएका जनप्रतिनिधिहरुले कानून बमोजिम जनताले दिएको म्याण्डेड अनुसार कार्य पुरा गर्न नसक्दा समय माथि भ्रष्टाचार गरेको बताउनुभयो ।
ुकानुन बमोजिम काम नभए भ्रष्ट्राचार भएको ठहरिन्छु उहाले भन्नुभयो ुथपिएको समयमा पनि संविधान निर्माण हुन नसके व्यावस्थापिका संसद नैतिक धरातल भन्दा बाहिर हुन्छ ।ु
कार्यक्रममा एकिकृत नेकपा माओवादी पर्वतका जिल्ला इन्चार्ज नेत्र अधिकारीले अन्य सरोकारवाला सम्बन्धित निकायले शहीदको सम्झनामा कार्यक्रम साचालन नगर्दा आफु बाध्य नभएर निजी विद्यालयले आयोजना गरेको कार्यक्रममा सरिक हुनुपरेको टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि कमलनाथ लामिछाने नेकपा एमाले पर्वतका सचिव भक्त कुंवर नेकपा एकिकृत पर्वतका सचिव तेजेन्द्र पौडेल प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्की जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्ट लगायतले बोल्नुभएकेा थियो ।

No comments:

Post a Comment

games online