पर्वतमा कार तथा मोटरसाइकल र्‍यालीको आयोजना


पर्यटन बर्ष२०११ को स्वागतमा पर्वतमा बिभिन्न सघ संस्थाको आयोजनामा कार तथा मोटरसाइकल र्‍यालीको आयोजना गरियो । कुस्माबजारको लोकतान्त्रिकचोकबाट दिउँसो ४ बजे शुरु भएको र्‍याली कुस्माबजारको परिक्रमा गरि पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुल धौलागिरी गेटमा पुगेर समापन भएको थियो ।
पर्वतमा पर्यटन क्षेत्रको बिकास गर्न र पर्यटन बर्षाई सफल बनाउन स्वागतका लागि र्‍याली आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।र्‍यालीमा कुस्माबजारका बिभिन्न संघसंस्थाका अगुवा र सदस्यका साथै ब्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
पर्वतमा पनि पर्यटकीय संभाबना छ र यहाँ पनि पर्यटकको स्वागतमा सबै पर्खेर बसेका छन भन्ने सन्देश दिन कार्यक्रम सफल भएको पर्वत पर्यटन बर्षकार्यान्वयन समितिका अध्यक्ष तथा निमिक्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । र्‍याली समापन गर्दै निमिक्त प्रजिअ पौडेलले पर्वतमा पनि समितिको बैठक बस्ने र पर्यटन बर्ष धेरै पर्यटक भित्र्याउन र उनीहरुको सुबिधाका लागि आबश्यक ब्यबस्थापन मिलाउन पहल गरिने जानकारी पनि दिनुभयो ।
पर्वत जेसिजको अगुवाईमा भएको र्‍याली लायन्स क्लब अफ शिबालय, रोटरी क्लब , पर्वत उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, पर्वत पर्यटन प्रबर्द्धन केन्द्र लगायतका संस्थाहरुको आयोजनामा सम्पन्न भएको थियो 

No comments:

Post a Comment

games online