५२ लाख १८ हजार एकसय ८५ रुपैयाँ मुनाफा

म्याग्दी माघ १ । तीनवर्ष अगाडी म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको निलिगिरि विकास बैङ्कले यस आर्थीक वर्षमा मात्रै ५२ लाख १८ हजार एकसय ८५ रुपैयाँ मुनाफा गरेको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको बैङ्कको चौथो साधारणसभामा यो आर्थिक वर्षमा मात्रै बैङ्कले सो रकम मुनाफा गर्न सफल भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ज्ञवालीले जानकारी दिए ।बैङ्कले गतवर्ष ३८ लाख मुनाफा गरेकोमा यो वर्ष कर्जाप्रवाह र साधारण शेयर निस्कासनबाट बैङ्कले सोचेभन्दा बढि मुनाफा कमाउन सफल भएको जानकारी गराइएको हो ।
बैङ्कले यसै आर्थीक वर्षमा मात्रै २६ करोड ९२ लाख २७ हजार पाँचसय ४० रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ । त्यसैगरि बिभिन्न क्षेत्रमा गरि २२ करोड १५ लाख २५ हजार छ सय एक रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
जिल्लाको पश्चिमी व्यापारिक केन्द्र दरबाङ र उत्तरी व्यापारिक तथा पर्यटकिय क्षेत्र भुरुङतातोपानीमा समेत शाखा बिस्तार गरिसकेको बैङ्कले निकट भविस्यमा धौलागिरि तथा गण्डकी अाचलमा समेत शाखा बिस्तार गर्ने योजना रहेको साचालकहरुले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुखजिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोख्रेल जिल्लाशिक्षा अधिकारी दिलनाथ पुरी नेपाल उद्योग बाणिज्य महाँसंघका केन्द्रीय सदस्य प्रमोदकुमार श्रेष्ठ लगायतले जिल्लाको अर्थतन्त्रमा बैङ्कले पुर् याएको योगदानको चर्चा गरेका थिए 

No comments:

Post a Comment

games online