म्याग्दी बस तथा जिप संचालक समितिले विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ । पटक-पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको भन्दै समितिले गत मंसिर २५ गतेदेखि एकतर्फी रुपमा भाडाबृद्धि गरेको थियो । र्सवसाधारणको र्सवत्र गुनासो आएपछि विहीबार बसेको समितिको वैठकले शुक्रबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको समितिले जनाएको छ ।
समितिले, बेनी- दरबाङ्ग सडकखण्डमा प्रतिकिलोमिटर सात रुपैया २० पैसा, बेनी-घाँसा सडकखण्डमा सात रुपैया ३० पैसा निर्धारण गरिएको अध्यक्ष गोपाल भट्टचनले बताए । यसअघि यी दुबै रुटमा प्रति किलोमिटर १६ रुपैयासम्म भाडा लिईदै आएको थियो । र्’र्सवसाधारणको समस्यालाई मध्यनजर गदै भाडा समायोजन गरेका हौं, यसबाट यात्रुलाई प्रत्यक्ष फाईदा पुग्छ, उनले भने । उनका अनुसार, जिल्लाका अन्य कच्ची तथा अस्थायी सडकमा चल्ने सवारीमा भने प्रतिकिलोमिटर १३ रुपैया निर्धारण गरिएको छ ।
समायोजन गरिएको भाडादर अनुसारमा, बेनीदेखि गलेश्वरसम्म २५ रुपैयाँ र बेनीदेखि घाँसासम्म तीन सय रुपैया यात्रुले तिर्नुपर्ने हुन्छ । बेनी-दरबाङ्ग एकसय ७०, बेनी-सिगा तातोपानी ६५, बेनी-पाखापानी दर्ुइ सय ९१, बेनी-शिखसम्ममा तीनसय २१ रुपैया भाडा निधारण गरिएको समितिले जनाएको छ । ‘कुनै रुटमा साविकको भन्दा ७० रुपैया सम्म भाडा घटेको छ, अध्यक्ष भट्टचनले भने ।
कच्ची र साघुरो सडक त्यसमा पनि महंगो भाडा लिईएको भन्दै सिँगातातोपानी, दरबाङ्ग र दानाका र्सवसाधारण पटकपटक आन्दोलित हुँदैआइरहेका थिए । यात्रुले प्रतिकिलोमिटर ६ रुपैया भाडा निर्धारण गर्न माग गरेका छन् । भाडा समायोजन गर्न यसअघि भाडा निर्धारण समिति, प्रशासन र व्यवसायी बीचको वैठक सहमतिमा पुग्न सकेको थिएन ।
No comments:
Post a Comment