इङ्गलिस बोर्डिङ स्कुलमा अज्ञात समुहले आगो लगाइदिए

 बागलुङ जिल्लाको गलकोटमा रहेको न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कुलमा अज्ञात समुहले आगो लगाइदिएको छ । आइतवार राती करिब ११ बजेतिर आएको अज्ञात समुहले बोर्डिङको प्रतिक्षालय भवनमा आगो लगाइदिएका थिए । आगालागीबाट प्रतिक्षालयमा राखिएका फर्निचर र भवन गरी करिब ८० हजार बरावरको क्षति भएको छ । राती एक्कासी आगालागी भएको थाहा पाएपछि बोर्डिङको छात्रावासमा बस्ने बिद्यार्थी र छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
गलकोटमा पहिलो पटक मन्टेश्वरी कक्षा साचालन गर्दै आईरहेको सो बिद्यालय उच्च माध्यामिक तहसम्म साचालन गर्ने तयारी भईरहेको अवस्थामा आगालागी भएको विद्यालयले जनाएको छ । घटनाबारे इलाका प्रहरी चौकी हरिचौरमा जानकारी दिएको र त्यसबारे अनुसन्धान भईरहेको गलकोटबाट विरबहादुर चोखालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

games online