जनताको घर दौलोमा पुगेर सरकारी सेवा उपल्ाव्ध


जनताको घर दौलोमा पुगेर सरकारी सेवा उपल्ाव्ध गराउने उद्धेश्यले आयोजना गरिएको घुम्ती शिविर प्रभावकारी भएपछि म्याग्दीका ग्रामिण भेगमा वसोवास गर्दै आएका र्सवसाधारणहरु खुसी भएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती सेवा शिविर सम्पन्न भइसकेका छन । यसै क्रममा आइतवार म्याग्दी जिल्लाको पाखापानी गाविसमा पनि घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा पुन मगरहरुले सामुहिकरुपमा थर परिवर्तन गरेका छन् । घुम्ती सेवा शिवीरमा पुन थर लेख्दै आएका २ सय ३७ जनाले थर परिवर्तन गरी शेरपुंजा थरवाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गको नेतृत्वमा गएको सरकारी कार्यालय प्रमुखहरुको टोलीले ३ सय २९ जनालाई नागरिकताको प्रमाणपत्र बितरण गरेको हो ।
त्यसैगरी महिला तथा बालबालिका कार्यालय म्याग्दीले २७ जना अपांगलाई अपांगताको परिचयपत्र वितरण गरेको छ । यस्तै मालपोत कार्यालयको डोरमुकाम टोलीले १ सय ४० जनालाई मालपोत सम्वन्धि कामको सुविधा दिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ 

No comments:

Post a Comment

games online