प्रहरी विरुद्धको यातना क्षर्तिपूर्तिको फैसला

 बागलुङ माघ ४ । धौलागिरि अन्चलमा पहिलो पटक पुनरावेदन अदालत बागलुङद्वारा प्रहरी विरुद्धको यातना क्षर्तिपूर्तिको फैसला भएको छ । म्याग्दीका पीडित कमल पुनको मुद्दामाथि पुनरावेदन अदालत बागलुङले सोमबार प्रहरी विरुद्ध विभागीय कार्वाहीको फैसला गरेको हो । पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश हरिबाबु भटट्राई र कुमार पोखरेलकोसंयुक्त इजलासले पीडितलाई २० हजार क्षतिपूर्ति र यातना दिने प्रहरीहरुलाई विभागीय कार्वाहीको फैसला गरेको छ ।
एडभोकेसी फोरम धौलागिरिको कानुनी सहयोगमा मुद्दा दर्ता गरेका पुनको ५ जना यातनामा संलग्न प्रहरीलाई विभागीय कार्वाहीको फैसला गरेको हो ।२०६५ साल असार ३१ गते युरोप जाने भिसा लागेका म्याग्दी पाखापानी गाविस वडा नं। १ का कमल पुनलाई म्याग्दी बेनीको सीमानामा रहेको पर्वत बेनीबाट साथीसँगको झगडाको क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । ३१ गते राति म्याग्दी अर्थुङ्गे घर भएका कुलबहादुर कार्कीसँग भएको व्यक्तिगत भनाभनको क्रममा पर्वत बेनी अस्थायी प्रहरी चौकीका ५ जना सुरक्षाकर्मीले गिरफ्तार गरी चौकीमा लगी पुनलाई यातना दिएका थिए । प्रहरीले दिएको यातनाको कारण पुनको देब्रे हात भाँचिएको थियो । त्यसबेला ३४ बर्षिय कमल पुनलाई हात भाँचिएपछि प्रहरीले मिलापत्र गराएको थियो । प्रहरी चौकीभित्र तत्कालीन पर्वत बेनी चौकीका प्रहरीहरु प्रहरी सहायक निरीक्षक नवराज शर्मा प्रहरी हवल्दार निलकण्ठ पौडेल प्रहरी जवान साजन चौधरीले पुनलाई यातना दिएका थिए ।
हात भाँचिएका पुनले पोखरा फिस्टेल अस्पतालमा गई उपचार गराएका थिए । उनको हातमा अहिलेपनि स्टिल राखिएको छ । पीडित पुनले भने ूमेरो हात अझैपनि दुख्छ काम गर्न सक्दैन भाँचिएको हात देखाउँदै भने ।
पुनरावेदन अदालत बागलुङले गरेको फैसलाले आफूले न्याय पाएको पीडित पुनले बताए । उनले भने -’यो मुद्दामा मैले न्याय पाउनु नै थियो न्याय पाएँ फैसला कार्यान्वयन हुन्छ भन्ने मैले आशा लिएको छु ।’

No comments:

Post a Comment

games online