कलाकारलाई सम्मान


क्षत्री समाज म्याग्दीले माघेसक्रान्ति मेला एवम दोस्रो सडक खाना महोत्सवको दोहोरी गित प्रतियोगितामा प्रथम स्थान हासिल गरेको समाजको तर्फाट सहभागि कलाकारलाई सम्मान गरेको छ ।
सोमबार बेनीमा एक कार्यक्रम गरि क्षत्री समाज म्याग्दीका अध्यक्ष क्या. मिनबहादुर कार्कीले अबिर तथा खादा लगाएर सम्मान गर्नुभएको हो । कलाकारहरुलाई सम्मान गर्दै अध्यक्ष कार्कीले कलाकार देशका सम्पत्ति भएकाले आगामी दिनमा कला र गलाबाट राष्ट्रिय स्तरसम्म पहिचान दिन शुभकामना दिनुभयो ।
उक्त सम्मान कार्यक्रममा सम्मानित कलाकार शोभा कार्की र प्रविण खत्रीले सम्मानबाट आफुहरु उत्साहित भएको बताउदै आगामी दिनमा कलाकारिताको विकासका लागि लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको क्षत्री युवा समाज म्याग्दीको सचिव हिराबहादुर खत्रीले जानकारी दिनुभयो ।
साथै उक्त कार्यक्रमबाट पुरुष लठो तान्ने प्रतियोगितामा प्रथम स्थान हासिल गरेका क्षत्री समाजको सदस्यहरुलाई समेत बधाई एवं सम्मान गरिएको थियो । कार्यक्रममा क्षत्री समाज म्याग्दीकी सदस्य लक्ष्मी कार्कीले समेत मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment

games online