घरमा आगलागी हुदा करिब २ लाख बराबरको क्षति


बागलुङ माघ ३ । बागलुङको पश्चिम खुंगा गाविस वार्ड नं ९ फलामखानीका तिलबहादुर विकको घरमा आगलागी हुदा करिब २ लाख बराबरको क्षति भएको छ ।  माघे सक्रान्ती मनाउन विक र उहाकी श्रीमती आफन्तकोमा गएको समयमा शनिवार दिउसो ४ बजे तिर बालबालिकाहरु खेल्दै गर्दा आगो लागेको जनाईएको छ । छिमेकीहरुको सहयोगमा आगो करिब १ घण्टा पछि नियन्त्रणमा आएको र कुनै मानविय क्षती नभएको छोरेगाउ मावि खुंगाका शिक्षक कुलबहादुर छन्त्यालले जानकारी दिए ।


आगलागीबाट भारतमा मजदुर गरेर ल्याएको ५ हजार भारतीय रुपैया लत्ताकपडा भाडाकुडा अन्नपात नागरिकता लगायतका सम्पुर्ण कागजपत्र समेत जलेर पुर्णरुपमा नष्ट भएका छन् ।

आगलातीबाट विकको एक छोरा र पाच छोरी सहित आठ जनाको परिवार छिमेकीको घरमा बस्न वाध्य भएको छ ।
पीडित परिवारले आगलागीका कारण आफुहरु घरबार विहिन भएकाले सहयोगका लागि जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायसंग आग्रह गरेको समेत छन्त्यालले बताए ।

No comments:

Post a Comment

games online