मरेको खसी काट्दै गरेको बागलुङ बजारबाट पक्राउ


मरेको खसी काट्दै गरेको अवस्थामा बागलुङ बजारबाट हिजो  दिउसो पक्राउ परेका एक मासु व्यवसायी र उनका सहयोगी ३ हजार जरीवाना तिरेर छुटेका छन् ।  बागलुङ नगरपालिका-३ हल्लनचोक नजिकै रहेको निसान मासु पसलका सन्चालक ३४ वर्षीय रामप्रवेश चौधरी र सोही पसलमा काम गर्ने १७ बर्षिय सनम तामाङ आज जिल्ला प्रशासन कार्यालयमा ३ हजार जरिवाना तिरेर छुटेको कार्यालयले जनाएको छ ।


चौधरी र तामाङलाई मरेको भेडा काट्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला पशु सेवा कार्यालयमा पठाएको थियो । पशु सेवा कार्यालयले आवश्यक अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ३ हजार जरिवाना लिएर उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ 

No comments:

Post a Comment

games online