व्यक्तिपिच्छे अध्यक्ष हुने नेपाली परम्परा

विदेशमा राजनीति गरेर नेपालमा सांसद हुने सपना देख्‍ने नेपालीहरुमा व्यक्तिपिच्छे अध्यक्ष हुने नेपाली परम्परा बन्दै आएको छ।
• सकेसम्म नेपालको राजनीतिक पार्टीलाई जोडेर र नभएमा कुनै एक निश्चित जातिलाई जोडेर बाहुन समाज, क्षेत्री समाज, गुरुङ समाज, थारु समाज त्यतिले पनि नपुगेर कुनै गाउँ वा शहरका नाममा समेत समाज खोलेर जस्तो कि पर्वत समाज, बाग्लुङ समाज आदि नामका संस्थाहरुमा पनि अध्यक्ष बन्ने होडबाजी बढ्दो छ।
• योग्यता हेर्ने हो भने अध्यक्षको पद नदिई अदक्ष पद दिँदा पनि फरक नपर्ने देखिन्छ। उनीहरुलाई न त संस्थाको बारेमा कुनै जानकारी छ, न त आफ्नो काम कर्तव्य र अधिकार नै।
• अध्यक्ष हुनका लागि यति अस्वस्थ प्रतिस्पर्धा भईरहेको छ मानौँ कि कोही अहिले नै नेपालको प्रधानमन्त्रीमा छनौट गरिनेछ।

No comments:

Post a Comment

games online