भानु माध्यमिक विद्यालयमा उच्च माध्यमिक तहको पर्ढाई सञ्चालन हुने


म्याग्दी, 0२ पुष
बाग्लुङ जिल्लासंग सिमाना जोडिएको म्याग्दीको रत्नेचौर गाविसमा रहेको एकमात्र भानु माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि उच्च माध्यमिक तहको पर्ढाई सञ्चालन हुनेभएको छ ।
स्थानीय अभिभावक, शिक्षक, समाजसेवी समेतको पहलमा गाउँमै उच्च माध्यमिक तहको पर्ढाई सञ्चालन गर्नका लागि एक भेलाको आयोजना गरिएको छ ।
बुधबार भएको बृहत भेलाले रत्नेचौर गाविसमा उच्च मावि नहुँदा गाउँका सयौं विद्यार्थीहरू वर्षोनी उच्च शिक्षाका लागि गाउँ नै छोडेर अन्य गाविस तथा जिल्ला सदरमुकाम र अन्य जिल्लामा जानुपर्ने बाध्यता रहेकोले भानु माविलाई उच्च मावि बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
जिल्लाशिक्षा कार्यालयका श्रोत व्यक्ति दुर्गाराम सुबेदीको उपश्थितीमा आयोजना गरिएको भेलामा उच्च मावि सञ्चालनका लागि शिक्षा कार्यालयको आर्थीक तथा भौतिक सहयोग हुनुपर्ने माग पनि अभिभावक र शिक्षकले राखेका थिए ।
बाग्लुङ र म्याग्दीको सदरमुकामको बिचमा रहेर पनि शिक्षाको क्षेत्रमा पछाडी परेको हुनाले शैक्षिक क्षेत्रमा लगानी गर्न सरोकारवाला क्षेत्रसंग समेत अनुरोध गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यामबहामदुर रावलले बताए ।
भेलामा समाजसेबी नेत्रबहादुर महत, स्थानीय गोबिन्द्र बोगटी टेकबहादुर रावल बसन्त बोगटी लगायतका साथै विद्यालयका प्रधानअध्यापकले समेत रत्नेचौर गाविसको शैक्षिक अवस्था कमजोर रहेको भन्दै शिक्षा कार्यालयको ध्यानाकर्षा गराएको श्रोत व्यक्ति दुर्गाराम सुबेदीले बताए ।

No comments:

Post a Comment

games online