सामुदायिक बनले सहयोग गर्ने



म्याग्दी  माघ ८ 
सामुदायीक बन उपभोक्ता महासंघको जिल्ला कार्यालय निर्माणको लागि घतान रेञ्जपोष्ट अन्तरगतका सामुदायिक बनले सहयोग गर्ने भएका छन् ।
घतान रेञ्जपोष्टको गोष्टीले सामुदायिक बन उपभोक्ता महासंघ नेपालको जिल्ला महासंघको कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने भएको हो । घतान रेञ्जपोष्ट अन्तरगतका सामुदायीक बन उपभोक्ता समितिको बैठकले भवन निर्माणको लागि आ-आफ्नो ठाँउ बाट सक्दो सहयोग गर्ने निर्णय गरेको बताईएको छ ।
साथै महासंघमा आवद्ध सामुदायिक वन उपभोक्ता समितिको सदस्यता नविकरणको लागि पनि तत्कालै प्रकृया अगाडी बढाउने निर्णय भएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य पशुपती शाहीले बताएकी छन् ।
कार्यक्रममा कमला शाही, रुद्रप्रसाद शर्मा, योगेन्द्र बानियाँ, निलकण्ठ उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
अमृत बास्कुने 

No comments:

Post a Comment

games online