जग्गा पास गर्नेको सङ्ख्या ३९ प्रतिशतले बढे

बागलुङ माघ ८  । मालपोत कार्यालय बागलुङमा आर्थिक वर्ष ०६७।६८ को पहिलो ६ महिनामा गएको आर्थिक वर्षको तुलनामा दलितको नाममा जग्गा पास गर्नेको सङ्ख्या ३९ प्रतिशतले बढेको छ । मालपोत कार्यालय बागलुङले शुक्रवार दिएको जानकारी अनुसार आव ०६६।६७ को पहिलो ६ महिनामा दलितको नाममा जग्गा पास गर्नेको सङ्ख्या ९६ थियो भने चालु आर्थिक वर्षको ६ महिनामा वृद्धिभई १ सय ३४ पुगेको छ । सङ्ख्या सँगै दलितको छुट रकममा पनि १ सय २५ प्रतिशतले वृद्धि भई १ लाख ५१ हजारभन्दा बढी पुगेको छ । छुट रकम गत आवमा ६७ हजार रुपैयु थियो । नेपाल सरकार भूमिसुधार मन्त्रालयले दलितको नाममा जग्गा पास गर्नेलाई २५ प्रतिशत राजश्वमा छुट दिने व्यवस्था गरेकोले दलितको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको मालपोत अधिकृत नारायण पाण्डेले बताउनुभयो ।
महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्यामा भने कमी आएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्नेलाई नगरपालिका भित्र २५ र गाविसमा ३० प्रतिशतले राजश्वमा छुट दिने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment

games online