म्याग्दी माघ १५ | सडक यातायात सन्चालन हुन थालेपछि कतै खुशी कतै पिरलोले सताएका समाचारहरु आउने गरेका छन् । केही वर्ष अघिसम्म पर्यटन व्यवसाय गरेर मनग्य आम्दानी गर्न सफल भएको म्याग्दी नारच्याङ गाविस कोप्चेपानीका पर्यटन व्यवसायीहरु पछिल्ला केहि वर्षयता विस्थापित भएकाले पिरोलिएका छन् । विगत चार वर्षदेखि बेनी-जोमसोम सडक सन्चालनमा आएपछि यस क्षेत्र हुदै मुस्ताङ प्रवेश गर्ने लेते गाविसको कोखेठांटी कोवाङ गाविसको सौैरु मार्फाको छैरो लगाएतका क्षेत्रका अधिकांस पर्यटन व्यवसायीहरुले पेशा नै परिवर्तन गरेका छन् ।
दैनिक सयौं पर्यटक आवतजावत गर्ने हजारौको व्यापार हुने विगतका दिन अहिले कोप्चेपानीका बासिन्दाका लागि सपना जस्त्ााे हुन थालेको स्थानीय पर्यटन व्यवसायी दिपक बोहराले बताए । दाना गाविस हुदै विस्तार भएको ७५ किलोमिटरको सडक मार्ग प्रयोग गदैं आन्तरिक तथा बाह्य पर्यटकहरु आवतजावत गर्न थालेपछि यस क्षेत्रका व्यवसाय सङ्कटमा परेका छन् ।
अहिले दैनिक ९५ प्रतिशत व्यापार घटेको व्यवसायीले बताएका छन् । नेपाल सरकारले नारच्याङ गाविसलाई पर्यटकिय गाविसको रुपमा घोषणा गरेको भएपनि अहिलेसम्म कुनैपनि पुर्वाधार विस्तारमा चासो नदेखाएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताए । मुस्ताङको प्रवेशद्धार भएकाले पनि यसको विस्तारमा चासो देखाउनुपर्नेमा पर्यटन व्यवसायीले माग गरेका छन् ।
No comments:
Post a Comment