पर्वत जिल्लामा उत्पादित तरकारीले तीन महिनालाई अपुग

पर्वत माघ १८ । पर्वत जिल्लामा उत्पादित तरकारीले तीन महिनालाई अपुग हुने गरेको छ । तरकारीका लागि पकेट क्षेत्र मानिएका गाउँहरुमा व्यावसायीक रुपमा गरिएको उत्पादनले ९ महिना मात्र आत्मनिर्भर हुने गरॆको हो । पकेट क्षेत्रमा उत्पादन घट्दै गएपछि तीन महिनाका लागि तरकारी अन्य जिल्लावाट आयात गर्नुपर्ने अवस्था रहेको छ । कृषकहरु अन्नबाली छाडेर तरकारी खेती तर्फ आर्कर्षित भएपनि उत्पादनमा ह्रास आएकाले ३ महिनालाई तरकारी बाहिरी जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अपुग तरकारी पोखरा तनहुँ चितवन लगायतका जिल्लावाट व्यावसायीले आयात गरेर विकि्र गर्दै आएका छन् ।
िसंचाई उन्नत जातको विउ माटो परिक्षण तथा जलवायु परिवर्तनका कारण उत्पादनमा ह्रास आएकाले तरकारी अपुग हुने गरेको हो । ग्रामिणवासीहरुले समेत बजारबाटै तरकारी खरीद गर्ने क्रम बढेकाले तरकारी अपुग भएको कृषि बिकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले बताउनुभयो ।
ग्रामिणबासीहरु उत्पादन गर्नेभन्दा किनेर उपभोग गर्न थालेकाले बजारबाटै तरकारी लैजानेक्रम बढेको छ उनले भने । पर्वतका ढेड सय भन्दा बढि कृषकहरु व्यावसायीक तरकारी उत्पादनमा लागेका छन् ।
जिल्लाका धाइरीङ नाग्लीबाङ मल्लाज शालिजा लेखफाँट देउपुर बनौ कटुवाचौपारी पाङ्ग पाङ्गराङ्ग चुवा शिवालय लगायत दर्जनबढि गाविसमा व्यावसायीक रुपमा तरकारी खेती गरिदै आएको छ । यी गाविस तरकारी उत्पादनका लागि पकेट क्षेत्रका रुपमा चिनिएका छन् ।
यी गाविसमा उत्पादन भएको तरकारी सिजनको समयमा छिमेकी जिल्ला बागलुङ्ग र बेनी पोखरा लगायतका बजारमा निर्यात हुने गरेको कृषकहरु बताउँछन् ।
तरकारीको उत्पादन बढाउन माटो परिक्षण उन्नत जातको बिऊबिजन रासायनीक मलको कम प्रयोग आदि कुरामा कृषकले ध्यान दिनुपर्ने कृषि विकास अधिकृत खनालले बताए । पकेट क्षेत्रका कृषकरुको व्यावसायीक विकासका लागि विभिन्न तालिम तथा विउ बिजन र िसंचाईका लागि सहयोग पुर् याउँदै आएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।
जिल्लाका अधिकांश गाविसमा तरकारी उत्पादनका लागि उपयुक्त भएपनि िसंचाईको अभाव र दुर्गम गाविसलाई बजार अभावले गर्दा व्यावसायीक रुपमा विकास हुन नसकेको खनालको भनाई छ 

No comments:

Post a Comment

games online