सम्मान कार्यक्रमलाई म्याग्दीका द्धन्द्ध पिडितले अस्विकार गरे


स्थानिय शान्ति समिति म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रमलाई म्याग्दीका द्धन्द्ध पिडितले अस्विकार गरेका छन् ।
आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको मध्यस्थता सम्बन्धि एक दिन अन्तरक्रिया तथा सम्मान कार्यक्रममा विभिन्न गाविसबाट आएका द्धन्द्धपिडितले राज्यले राहत भन्दा पनि दुख दिन खोजेको भन्दै सम्मान कार्यक्रम स्थगित गर्न कार्यक्रम स्थलमा नारा बाजी समेत गरेका थिए ।
उनिहरूले द्धन्द्धका क्रममा राज्य र ब्रि्रोहीको तर्फाट भएका घटनाका बास्तविक पिडितलाई तत्काल राहतको ब्यवस्था मिलाउनुपर्ने लगाएतका माग पुरा गर्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा तत्कालिन माओबादीले हत्या गरेका एमालेका जिल्ला नेता मणिलाल शर्माका छोरा केपि अधिकारीले सामान्य सम्मानले द्धन्द्धपिडित सम्मान नहुने भएकाले यस्ता कार्यक्रमको कुनै औतित्य नहुने बताएका थिए । द्धन्द्धपिडितको दवाव पछि सम्मान कार्यक्रमनै स्थगित भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङवाङले आर्थिक सामाजिक रुपान्तरणका लागि द्धन्द्धपिडित र राज्यको विचमा बसेर मध्यस्थता गरि तत्काल राहतका कार्यक्रमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । सो कार्यक्रममा विभिन्न राजैतिक दलका प्रतिनिधि,सरोकारवाला निकाय लगाएतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

games online