म्याग्दीमा बुधबार राती एक व्यक्तिले खुकरी प्रहार एकै परिवारका चारजना घाइते

म्याग्दी माघ २० । म्याग्दीको सिंगा गाविस वडा नंवर- ९ डाँडाखेतमा बुधबार राती एक व्यक्तिले खुकरी प्रहार गरि एकै परिवारका चारजनालाई घाइते बनाएका छन् । घाइते हुनेहरुमा डाँडाखेतका ३६ वर्षिय देबेन्द्र मल्ल, उनकी श्रीमती ३३ वर्षिया लालकुमारी मल्ल, ६० वर्षिया आमा मनकुमारी मल्ल र ५५ वर्षिया कान्छी आमा धनकुमारी मल्ल रहेका छन् । 
आफ्नै छिमेकी अन्दाजी ३६ वर्षिय गोरे खत्रीले बुधबार राती करिव नौ बजे सुतिरहेको अवस्थामा एक्कासी घरभित्र पसि सुतिरहेका देबेन्द्र मल्लमाथी अन्दाधुन्द खुकुरी प्रहार गर्दा उनको टाउको र हातमा गम्भिर चोट लागेको उनलाई बचाउन खोज्दा आमा श्रीमती तथा कान्छीआमालाई पनि खुकुरी प्रहार गरि घाइते बनाएको मल्लका भाई एकेन्द्र मल्लले बताए ।
हरेक समय संगै रहने आफ्नै साथीबाट एक्कासी खुकुरी प्रहार भएपछि सिङ्गाबासीहरु त्रसित भएका छन् । खत्री र मल्ल दुबैजना गाउँमा सधै सहकार्य गर्दैआएका र अहिलेसम्म कुनै रिसाइवी नभएको पनि मल्लका भाई एकेन्द्रले जानकारी दिए ।
शाहीलाई मार्ने नियतकै कारण आएको हुनुसक्ने अनुमान परिवारले गरेको छ । यद्यपी उनिहरुको व्यक्तिगत दुस्मनी थियो या थिएन भन्नेबारेमा आँफुहरु अहिलेसम्म अन्यौलमा नै रहेको मल्लकी घाइते आमा मनकुमारीले बताइन् ।
घाइतेहरुलाई सिङ्गामा रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट गएको प्रहरी टोलीका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीको सहयोगमा जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनापछि गोरे खत्री फरार छन् ।
घटनाका बारेमा थप अनुसन्धान र फरार रहेका खत्रीको खोजीका लागि स्थानीयबासीको सहयोगमा प्रहरी परिचालन गरिएको प्रहरी नाउव उपरिक्षक नवराज भट्टले बताए ।
बिहिबार मात्रै बैदेशिक रोजगारका लागि साउदी अरव जाने तयारी गरिरहेका गोरे खत्रीले आफ्नै छिमेकीमाथी एक्कासी खुकुरी प्रहार गर्नु निकै रहस्यमय रहेको स्थानीयबासीहरुले बताएका छन् 

No comments:

Post a Comment

games online