म्याग्दी माघ २० । म्याग्दीको सिङ्गा गाविस वडा नम्बर १ र २ मा पर्ने थामडाँडामा रहेको गुरुङ बस्तीलाई जातीय संस्कार प्रस्तुत गर्न पर्यटकीय गाउँ घोषणा गरिने भएको छ ।
जिल्लाका पर्यटकीय सम्भावना रहेका गाउँको अनुगमन भ्रमणका लागि थामडाँडा पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गसहितको एक टोलीले उक्त गाउँलाई पर्यटकिय गाउँका रुपमा विस्तार गर्नका लागि गुरुङ समुदायको जातियता झल्किनेखालका होमस्टे निर्माण गरिने योजना समेत बनाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले स्थानीय उत्पादनको प्रयोग र स्थानीय स्तरका उत्पादनले पाहुनालाई सत्कार गर्न सक्ने किसिमको गाँउको रुपमा थामडाँडालाई चिनाउने प्रयास भइरहेको बताए ।
पर्यटन समवन्वय समिति म्याग्दीका अध्यक्ष समेत रहेका प्रजिअ कुरुम्वाङ्गले यो वर्ष जिल्लाका ताकम गाविसमा धौलागिरि र दानामा रुप्से महोत्सवका साथै विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिए ।
जिल्लामा पर्यटकिय क्षेत्र विस्तार गर्नको लागि हालै गठन भएको पर्यटन समवन्वय समितका साथै विभिन्न पर्यटनका क्षेत्रमा काम गरिरहेका संस्थाले गुरुङहरुको ठूलो बस्तीलाई जातीयताको आधार बनाई पर्यटकिय क्षेत्रको रुपमा समेत विस्तार गर्न सक्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको भनाई छ ।
No comments:
Post a Comment