बागलुङको बुर्तिवाङमा रहेको उत्तरगंगा उमाविमा अज्ञात समूहले तोडफोड

बागलुङको बुर्तिवाङमा रहेको उत्तरगंगा उमाविमा अज्ञात समूहले तोडफोड गरेका छन् ।  विद्यालयको कार्यालय, प्रधानाध्यापकको कोठा, स्टाफ तथा लेखा शाखामा ताला फोडेर सबै सामाग्री तथा महत्वपूर्ण कागजात समेत नष्ट पारिएको छ। तोडफोडबाट लाखौंका सामाग्री र कागजात नष्ट भएका छन् ।  एसएलसी टेष्ट परिक्षा समेत संचालन भइरहेको अवस्थामा तोडफोड र कागजातहरु वेपत्ता बनाइकोले बिहीबारको शिक्षा विषयको परिक्षा समेत अवरुद्ध भएको लेखापाल शिक्षक उत्तमबहादुर महतले बताए। उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन् ।  केही समय यता उक्त विद्यालयमा व्यवस्थापन समिति गठन तथा प्राचार्य नियुक्तीको विषयमा विवाद हुँदै आएको थियो ।

No comments:

Post a Comment

games online