म्याग्दीका एक शिक्षक पाँच वर्षपछि पुर्नबहाली

म्याग्दी माघ २० । पार्टी राजनीति गरेको आरोपमा अवकाश दिईएका म्याग्दीका एक शिक्षक पाँच वर्षपछि पुर्नबहाली भएका छन् । घतान गाविस वडा नंवर ६ स्थीत काउलेगौडा निबासी सल्लेरी प्राथमिक विद्यालयमा अध्यापनरत शिक्षक शिक्षक मनोज पौडेल पाँच बर्षपछि पुर्नबहाली भएका हुन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओबादीलाई सहयोग गरेको आरोपमा उनलाई अवकास दिइएको थियो ।
२०६२ जेठमा तत्कालिन प्रमुख जिल्ला अधिकारी ज्ञानप्रकास भट्राईको आदेशमा जिशिअ टेकबहादुर थापाले अवकासपत्र थमाइदिएका थिए । तत्कालिन भुमिगत गिरोहलाई बारम्बार सहयोग गरिरहेको आरोप लागेपछि ०६२ जेठ २९ गते दुबै शिक्षकलाई जबरजस्ती अवकासपत्र थमाइएको थियो । सोहि अवधिमा अवकास पाएका सोमनाथ ढुङ्गाना र पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटपछि सर्वोच्चको उत्प्रेसणयुक्त परमादेसले हालसम्मको सेवासुविधा पाउनेगरि २०६६ सालको माघ १७ गते फैसला गरेको थियो ।
उक्त आदेशपछि जिशिकाले अहिलेसम्म पुनर्वाहलीको पत्र नपाएपछि ढुङ्गाना २०६३ कार्तिक २३ गते शिक्षक सेवा आयोगको खुल्ला परिक्षामा सफल भई जामुनाखर्क उच्च माविमा नै कार्यरत छन्भने पौडेल चाहिँ अहिलेसम्म त्यसै बसिरहेका छन् । दुबै शिक्षकहरुलाई अहिलेसम्म पुनर्वाहली पत्र नदिएको जिल्लाशिक्षा कार्यालयले औपचारिक रुपमा अहिलेसम्म केहि नबताएको पिडित शिक्षकहरुको गुनासो छ ।
‘अवकाश दिनु अघि मलाई पन्ध्र महिना जेलमा राखियो अनि छुटेपछि सर्बोच्चमा रिट हालं मेरै पक्षमा फैसला भयो ।’ पौडेलले भने । अर्थुङे-३ स्याथी घर भएका पौडेलले २०६६ माघ १७ गते सर्वोच्चले पुर्नवहालीको आदेश दिएपनि एकवर्ष बितिसक्दा समेत नियुक्ती नपाएको बताए ।
‘एकवर्ष सम्म फैसला कार्यावन्यन नभएपछि शिक्षा मन्त्रालयमा गएर फेरी सर्वोच्चमा रिट हाल्छ’ भने उनले भने-’त्यसपछि जिल्ला शिक्षा कार्यालयलाई नियुक्तीको आदेश दिएको छ ।’ शिक्षा मन्त्रालयका शाखा अधिकृत गीता शर्माले हस्ताक्षर गरेको पत्र पौडेलले शिक्षा कार्यालयमा पेश गरेका छन् ।
अब पढाउन पाउँछु भन्ने आस लागेको उनले बताए । ‘आजको मितिसम्म शिक्षा कार्यालयबाट कुनै जानकारी आएको छैन जेहोस अव भने ढुक्क बनेको छ’ उनले भने । पुर्नबहाली भएपछि २०६२ सालदेखि अहिलेसम्मको सम्पूर्ण पारिश्रमीक सुविधा समेत पाउने उनले बताए ।

No comments:

Post a Comment

games online