बागलुङको दक्षिण हुग्दीशिर गाविसमायुवकको खुकुरी प्रहारबाट २ जना घाइते

बागलुङ माघ २० । बागलुङको दक्षिण हुग्दीशिर गाविसमा एक युवकको खुकुरी प्रहारबाट २ जना घाइते भएका छन् । हुग्दीशिर ७ बारोकोटका १८ बर्षिय गोपाल बिकले गरेको खुकुरी प्रहारबाट सोही गाविस वडा नम्बर ९ का ५१ बर्षिय रामलाल नेपाली र नर बहादुर श्रीस घाइते भएका छन् । घाइते नेपाली र श्रीसको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बिकलाई आजै हुग्दीशिर वडा नम्बर ७ बाट इलाका प्रहरी कार्यालय बरेङले पक्राउ गरेको प्रहरी निरिक्षक कृष्ण अर्यालले जानकारी दिनुभयो 

No comments:

Post a Comment

games online