पर्वतको थापाठाना गाविसमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुको भेला सम्पन्न

पर्वत माघ १८ । पर्वतको थापाठाना गाविसमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुको भेला आइतवार सम्पन्न भएको छ । भेलाबाट नेपाल भूतपूर्व सैनिक संघ नेपाल किसान संघ नेपाल जनजाती संघ गाउँ विकास मतदान केन्द्र समिति र वडा समिति गठन गरिएको छ ।
भेलाले गुमानिसंह थापा क्षत्री सभापति रहेको १३ सदस्यीय भूतपूर्व सैनिक संघ गठन गरेको छ । समितिको उपसभापतिमा बाबुराम थापा सचिवमा हर्कबहादुर थापा सहसचिवमा मनबहादुर श्रेष्ठ र कोषाध्यक्षमा पदमबहादुर थापा मगर रहनु भएको छ ।
यस्तै भक्तबहादुर थापा क्षत्री सभापति रहेको ११ सदस्यीय नेपाल किसान संघ गठन भएको छ । समितिको सचिवमा टिकाराम शर्मा र कोषाध्यक्षमा कर्णबहादुर थापा क्षत्री रहनु भएको छ ।
त्यसैगरी भेलाले जितबहादुर थापा मगर सभापति रहेको ७ सदस्यीय नेपाल जनजाती संघ पदमबहादुर थापा मगर सभापति रहेको गाउँ विकास मतदान केन्द्र समिति दिलबहादुर थापा क्षत्री सभापति रहेको ७ सदस्यीय वडा नम्बर ३ को वडा समिति गोकर्णबहादुर थापा क्षत्री सभापति रहेको ७ सदस्यीय वडा नम्बर ५ को वडा समिति गठन भएको छ ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि युक्तप्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस थापाठानाका सभापति थमनिसंह थापाको अध्यक्षता र सचिव अशोककुमार श्रेष्ठको साचालनमा सम्पन्न भएको थापाठानाबाट सहकर्मी निर्मला थापाले जनाउनु भएको छ ।

No comments:

Post a Comment

games online