टेलिकमको गुणस्तरियतामा वृद्धि गर्न माग

 बागलुङ माघ १७ । बागलुङको पश्चिम तथा दक्षिणमा टेलिकमको सेवा गुणस्तरिय नभएको भन्दै जिल्लामा कि्रयाशिल राजनैतिक दलले नेपाल टेलिकमको शाखा कार्यालय बागलुङमा सोमबार डेलिगेसन गएका छन् । राजनैतिक दलले टेलिकमको सेवा विस्तार गर्दै सेवामा गुणस्तरियतामा वृद्धि गर्न माग गरेका छन् । इलाका गोष्ठिको क्रममा क्षेत्र नं ३ को ग्रामिण क्षेत्रमा पुगेका राजनैतिक दलका प्रतिनिधिहरुलाई स्थानियले टेलिकम बाट प्राप्त हुने सेवा गुणस्तरीय नभएको र दुर्गम ठाउँमा पहुच पुग्न नसकेको भन्दै गुनासो गरेका थिए ।
बागलुङको खुङखानी, तमान, सल्यान, रणसिहकिटेनी, सुखौरा, बाटाकाचौर, अर्गल लगाएतका गाविसमा टेलिकमको सेवा पुगेको छैन् ।
बागलुङ शाखाका ट्रान्समिटर सुपरभाइजर गेहेन्द्र सुवेदीले केहि गाविसमा विद्युत अभावका कारण टेलिकमको सेवा पुग्न नसकेको बताउनु भयो ।
साथै उहाँले तत्कालै हुग्दिसिर र सिगानाको टावर बाट सेवा साचालन हुने र बुर्तिवाङमा तथा खुङगाबुङगादोभान र तमान गविसलाई समेटने गरि टावर सन्चालन हुने जानकारी गराउनु भयो ।
टेलिकमले बागलुङ जिल्ला भर हाल विभिन्न ठाउँमा २० वटा मोवाइलको टावर र ६ वटा सिडिएमएको टावर सन्चालनमा रहेका छन् ।

No comments:

Post a Comment

games online