मोबाईल फोन बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा

बागलुङ माघ १९  । बलेवा अमलाचौरका एक युवक र गल्कोट नरेठांटीकी एक युवती वीच मोबाईल फोन कनेक्सनबाट बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा पुगेका छन् । केहि दिन पहिले देखी यी अनजान केटा केटी वीच मोबाईल फोन सम्पर्कबाट भएको चिनजान र बातचित बढ्दै गएर ‘लभ’ मा परिणत हुन गएको बताईन्छ ।
बलेवा अमलाचौरका १८ बर्षिय नारायण शर्मालाई कमला (नाम परिवर्तित) ले आफुलाई भेटन आउन भनेपछि नारायण अस्ति नरेठांटी पुगेका थिए । मोबाइल संपर्कबाटै नरेठांटीमा भेटेर कमलाले 
नारायणलाई कोठामा लगिन् । नारायणले कोठामा बच्चाका लुगाफाटा देखेपछि सोधे- ‘यी कस्का कपडा हुन ?’ कमलाले जवाफ दिईन- ‘दिदीका बच्चाका हुन् ।’ कोठामा मीठामीठा कुराकानी हुन थाले । घर परिवार र छरछिमेकीहरुलाई अपरिचित केटो आएर कमलासंग कोठामा बसेको देखेपछि शंका लागेर चियो गरे । केहि अस्वाभाविक लागेपछि कोठा बाहिर ताल्चा लगाएर हरिचौर ईलाका प्रहरी कार्यालयमा गएर प्रहरीलाई खबर गरे । प्रहरीले दुबैलाई हरिचौर लग्यो ।
अनुसन्धानमा पत्ता लाग्यो नारायण अबिबाहित रहेछन् कमला भने बिबाहित रहिछन् । उनका दुई छोरा छोरी रहेछन् । उनका श्रीमान रोजगारीका लागि दुबईमा रहेछन् । हरिचौर ईलाका प्रहरीले थप अनुसन्धानका लागि दुबैलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएर बुझाएको छ ।

No comments:

Post a Comment

games online