ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम

पर्वत माघ माघ १९ । पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर् याउने उद्धेश्यले पर्वतको एक गाउँमा ग्रामीण तथा बिकास पत्रकारिता तालिम संचालन गरिएको छ । माछापुच्छ्रे बिकास संघ कास्कीको आयोजनामा तीन दिने ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम भदौरे गाबिसमा सम्पन्न भएको छ ।
स्थानिय बहादुरे माबिमा माघ १५ देखि १७ गते सम्म सन्चालित तालिममा सहभागीहरुलाई पन्चासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङ्गले प्रमाणपत्र बितरण गर्नुभयो ।
तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले प्रसिद्ध पाचासे क्षेत्रमा पर्यटन बिकासका धेरै संभाबना र कार्यक्रमहरु भएपनि प्रचारप्रसारमा ओझोलमा परेको बताउँदै पाचासेको बिकास र यसका गतिबिधी प्रकाशन र प्रसारणमा ल्याउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
सो अबसरमा साहित्यकार तथा बुद्धिजीबी महेन्द्रमान ब्यथित प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्मा पाचासे क्षेत्र बिकास समितिका उपाध्यक्ष अर्जुनकुमार पौडेल बहादुरे माबि भदौरेका प्रधानाध्यापक रामप्रसाद पौडेल सहभागीको तर्फबाट पाचकोशी माबि आर्थरका शिक्षक खिमप्रसाद पौडेल र सरस्वती केसीले बोल्नुभएको थियो ।
माछापुच्छ्रे बिकास संघ कास्कीका अध्यक्ष दिलबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

games online