तेस्रो पर्वत महोत्सवको ६० प्रतिशत तयारी पुरा

समग्र पर्वत जिल्लाको प्रवद्र्धन हाम्रो पहिचानु भन्ने मुल नाराका साथ आगामी फागुन १६ गतेदेखि २२ गतेसम्म हुन लागेको तेस्रो पर्वत महोत्सवको ६० प्रतिशत तयारी पुरा भएको छ ।
सदरमुकाम कुश्मावजारमा हुने महोत्सवको स्थान छनौट रमाईलो मेला प्रायोजक तथा सहप्रायोजकहरुको व्यवस्था ब्रोसर तयार तथा प्रचार प्रसार लगायतका कार्यक्रमहरु सुचारु भएका छन् । त्यस्तैगरी कलाकारहरुको व्यवस्था समेत भैसकेकेा आयोजकले जनाएको छ । उद्योग बाणिज्य संघ मुल संयोजक रहेको महोत्सवको मुख्य प्रायोजकमा नेपाल बैंक लिमिटेड र सह प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक लगायत विभिन्न्ा दुई दर्जन संघ संस्थाहरु रहेका छन् ।
लोकसंस्कृति व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्ल्ााको चौतर्फी विकास गर्ने मुख्य उद्धेश्य रहेको मुल संयोजक होमनारायण श्रेण्ठले बताए । महोत्सवमा करिव ३५ लाखको कारोबार हुने लक्ष्य लिइएको छ । जसमा २४ लाख खर्च गरिने र वाँकी रकमले कुश्मा बलेवा जोड्न मोटरबाटो निर्माण गर्नुका साथै जिल्लाको समग्र पर्यटकीय विकासका लागि खर्चिने बताइएको छ । महोत्सवमा १ सय ५० स्टल रहने छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढि स्टल बुकिङ्ग भैसकेका छन् । एक लाख भन्दा बढि आन्तरीक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य समेत आयोजकले राखेको छ । महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रामबरण यादबलाई अनुरोध गर्ने उद्योग बाणिज्य संघले निर्णय गरेको छ ।
महोत्सवलाई विगतभन्दा भव्य नाफामुखि र परिणामुखि बनाउन व्यापक तयारीमा लागेको पर्वत उद्योग बाणिज्य संघका महासचिव प्रकाश कर्माचार्यले बताए । विशेषगरी पर्यटन वर्ष २०११ सँगै गरिने महोत्सवले जिल्लामा रहेका ४० भन्दा बढि पर्य्रटकीय आकर्षणका केन्द्रहरुको उचित प्रचार प्रसार तथा प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जिल्लामा रहेका पाचासे डहरे जलजला गुप्तेश्वर र अलपेश्वर गुफा नेपालकै अग्लो झोलुङ्गेपुल सेतीबेणी सिला जस्ता पर्यटकीय स्थलहरु रहेका छन भने अल्लोका कपडा लप्सीका परिकार मह पर्वतका मुख्य उत्पादनहरु स्वदेश र बिदेशमा पनि लोकपि्रय बन्दै गइरहेका छन् ।
धौलागिरीकै साझा महोत्सव भएकोले अन्य जिल्लाका व्यावसायी तथा उद्यमीसँग समन्वय गरेर तयारीमा लागेको संघले जनाएको छ । पर्यटन वर्षको अवधिमा जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको आबागमनलाई बढाउन समेत महोत्सवले भूमिका खेल्ने आयोजकले जनाएको छ ।
त्यस्तै दक्षिण पर्वतको हुवासमा माघ २८ देखि फागुन ७ गतेसम्म सम्पन्न हुन लोगेको प्रथम पैंयु महोत्सवको ७० प्रतिशत तयारी पुरा भएको छ । महोत्सवमा ५२ लाखको कारोबार हुने अनुमान गरिएको छ । जसमा २४ लाख ९० हजार खर्च र २७ लाख ८० हजार बचत हुने बताइएको छ । महोत्सववाट बचत भएको रकम यातायात शिक्षा स्वास्थ्य संचार र पर्यटन लगायतका विषयमा साझा धारणा बनाएर खर्चिने मुल संयोजक तिलकप्रसाद श्रेष्ठले बताए ।

No comments:

Post a Comment

games online