आर्थर डाँडाखर्कका गुरुङ्ग सालैजो भाकाको संरक्षामा

पर्वतको एक दुर्गम गाउँका वासीन्दाहरु परम्परागत रुपमा गाउँदै आएको सालैजो यानीमाया लगायतका भाका जोगाउने अभियानमा लागेका छन् । गाउँमा पाहुँनाहरुले सालैजो भाका निकै मन पराउने हुनाले पर्वत जिल्लाको आर्थर डाँडाखर्कका गुरुङ्ग समुदाय परम्परागत सालैजो भाकाको संरक्षामा लागेका हुन् ।
आर्थर गाविसको गुरुङबस्तीका बासिन्दा अझै पनि आफ्नो सस्कृतीलाई बचाई राख्नका लागि रातभर सालैजो सोरठी यानिमाया सुनिमाया लगायतका भाकाहरु ग्ााउदै रोधी बस्ने गर्न थालेका छन् ।
त्यहाँका स्थानियहरुले आफ्नै संस्कृती जोगाई राख्नका लागि गाउँमा पुग्ने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई तिनै गित सुनाएर भरपुर मनोराजन दिने गरेका छन् । चाडपर्व र बेला बखत गाउँमा पाहुनाहरु आएको समयमा सालैजो यानीमाया गाएर प्रचार प्रसार गर्ने गरेकेा रामभक्त सास्कृतीक समुहका सल्लाहाकार भिमबहादुर गुरुङ बताउनुभयो । आफ्ना पुर्खाहरुले चलाएको संस्कृति जोगाईराख्न र नयाँ पुस्तालाई सिकाउनका लागि पनि निरन्तर सालैजो यानिमाया गाउँदै आएको समुहकी अध्यक्ष बिगु गुरुङले बताउनुभयो ।
आफ्नो सस्कृतीलाइृ जोगाई राख्नका लागि स्थानिय स्तरबाटै पहल थाल्नुपर्छ नत्र बिदेशी सस्कृतीले जरा गाड्दै जाने हो भने भोली हामी अर्कैको संस्कृतीलाई आफ्नो भन्नु बाहेकको बिकल्प नहुने मेखबहादुर गुरुङ्गले बताउनुभयो ।

No comments:

Post a Comment

games online