ट्राफिक कार्यालय बागलुङमा ल्याण्डलाइन फोन सुविधा छैन


बागलुङ माघ १ । सार्वजनिक अपराध नियन्त्रण गर्न जीउ छोडेर लागेको प्रहरी प्रशानसको मातहतको जिल्ला ट्राफिक कार्यालय बागलुङमा ल्याण्डलाइन फोन सुविधा छैन । बढदो सवारी चापबाट उत्पन्न हुने समस्याहरुको तत्काल समाधान र नियन्त्रणको जिम्मा लिएको निकायसंग फोन सुविधा नहुदा तत्काल सेवा प्रवाह गर्नसमस्या भएको ट्राफिक प्रहरीहरुले गुनासो गरेका छन् ।
बजारका र आसपासका क्षेत्रमा जाम र दुर्घटना हुदाँ आम नागरिकलाई जानकारी भएपनि सम्र्पक माध्यम नभएकाले तत्काल सेवा दिन नसक्दा जनताबाट बेवास्ता गरेको भन्ने गुनासो आउने गरेको भन्दै ट्राफिक प्रहरीहरुले कार्यालयमा फोन सुविधाको व्यवस्था गर्न माग गरेका हुन् ।
पछिल्लो समयमा मोवाइल सेवाको बिस्तार भएपनि पब्लिक सर्भिसका लागि कार्यालयमा फोन नहुदाँ घटना र जाम भएका स्थानमा तत्काल सेवा दिन नसकिएको ट्राफिक कार्यालयका प्रमुख खिमानन्द काफ्लेले बताएका छन् ।
सीमित व्यक्तिलाई मोबाइल नम्बर थाहा भएपनि सर्वसाधारण नागरिकले सूचना प्रवाह गर्नका लागि सहज हुने एउटा ल्याण्डलाइन फोन कार्यालयमा भए तत्काल ट्राफिक समस्या समाधान गर्न सहयोग पुग्ने कापुलेको भनाई रहेको छ ।
माग्दा साथ ‘अन डेमाण्ड’ पाईने नेपाल टेलिकमको ल्याण्डलाइन फोनको एकलाईन ट्राफिक कार्यालयमा जडान गर्न जिल्ला प्रहरी कार्यालयले नसक्ने देखिएको अवस्थामा प्रहरीलाई सुरक्षा प्रदान गर्न सहयोग स्वरुप साईकल उपहार प्रदान गरेर हाईहाई लुट्ने बैंक र एन प्याब्सन जस्तै अरु कुनै संस्थाले ट्राफिक प्रहरीलाई ल्याण्डलाइन फोन सहयोग गरेर सवारी सम्वन्धि कार्यमा सहयोग पुराउन आवश्यक देखिन्छ ।स्रोत:धुलाश्री 

No comments:

Post a Comment

games online