शुक्रवारसम्म २८ लाख ६१ हजार ९ सय ६ रुपैया संकलन

बागलुङ माघ ८   । बागलुङको उपल्लाचौरमा साचालन गरिएको सप्ताहव्यापी श्रीमद्भागवत धन धान्यान्चल ज्ञान महायज्ञको छैठौ दिन शुक्रवारसम्म २८ लाख ६१ हजार ९ सय ६ रुपैया संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको आयोजनामा साचालित महायज्ञको छैठौ दिन सबै भन्दा बढी क्षत्री समाज बागलुङ ३ लाख ४६ हजार ९ सय ४७ रुपैया सहयोग गरेको छ ।
क्षत्री समाज बागलुङका अध्यक्ष तथा केन्द्रीय सदस्य बाबुराज कार्की आजको सभानायक बन्नु भएको थियो । क्षत्री समाजले सबै क्षत्रीहरुसंग संकलन गरेको रकम एकमुष्ट सहयोग गरेको हो ।
त्यसैगरी भीमापोखरा गाविस-९ सिम घर भइ हाल काठमाडौंमा धौलागिरि सोलार कम्पनी साचालन गर्नु भएका चुडामणी गौतमले १ लाख ५३ हजार ६ सय सहयोग गरी दोस्रो सभानायक बन्नु भएको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटी भीमापोखरा उपशाखाले ५३ हजार ५ सय ५३ रुपैया सहयोग गरेको थियो । शाखाका तर्फबाट सभापति विद्यापति शर्मा तेस्रो सभानायक बन्नु भएको थियो ।
बागलुङ नगरपालिका-५ रुम्टा निवासी शालिकराम पौडेलले विशिष्ठ सदस्य सहित २५ हजार ५ सय सहयोग गर्नु भएको थियो ।
महायज्ञमा हालसम्म सबैभन्दा बढी रकम शाखाका सभापति जब्बरबहादुर लामिछानेले १ लाख ५१ हजार १ सय ५१ सहयोग गर्नु भएको छ ।
भोली शनिवारसम्म साचालन हुने महायज्ञमा वाचन प्रविण पण्डित दिनवन्धु पोखरेलले कथा प्रवचन गर्नु भएको छ ।

No comments:

Post a Comment

games online